सिन्धुलीमा सिंचाईको मोटर चलाउने क्रममा करेन्ट लागेर अधिकारीको ज्यान गयो !
सिन्धुली । सिन्धुलीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
दुधौली नगरपालिका–४ बैरा बस्ने ६० वर्षीय मल्लु अधिकारी (दनुवार ) को हिजो करेन्ट लागेर मृत्यु भएको हो । घरबाट ७ सय मिटरको दुरीमा रहेको कमला खोलामा सिंचाईको मोटर चलाई करेसा बारीमा पानी हाल्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो ।
अधिकारीको उपचारको क्रममा हिजो दिउँसो २ बजे डकाहास्थित नेपाल आमा मेमोरियल हस्पिटलमा मृत्यु भएको सिन्धुलीका डिएसपी अनिल कुमार खड्काले जानकारी दिए ।
अधिकारीलाई करेन्ट लागेपछि माछा मार्ने क्रममा सोही ठाउँ बस्दै आएका राम शर्माले अधिकारीलाई कमला खोलामा घोप्टो परेको अवस्थामा भेटाएर प्रहरीलाई खबर गरेका थिए । अधिकारीका पोष्टमार्टम पछि मृतकको छोराले शव बुझेका थिए ।
बिहिबार नै नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मृतक अधिकारीको पार्थिव शरिरमा कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।