पत्रकार महासंघको निर्वाचनमा पार्टी नेतृत्व नै प्रेस चौतारी हराउन लाग्नु सांगठनिक अराजकता हो- राजेन्द्र गौतम
दुधौली । नेकपा (एमाले) सिन्धुलीको चौथो पूर्ण बैठकमा नेपाल पत्रकार महासंघ सिन्धुलीको निर्वाचनमा प्रेस चौतारी उम्मेदवार लाई हराउन जिल्ला पार्टी नेतृत्व नै लागेको विषयले प्रवेश पाएको छ ।
एमालेको दुधौलीमा जारी बैठकमा गत मंसिर २८ गते सम्पन्न भएको नेपाल पत्रकार महासंघ सिन्धुलीको निर्वाचनमा प्रेस चौतारीका उमेरदवार हराउन नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्र देव श्रेष्ठ , पूर्वमन्त्री तथा बागमती प्रदेश कमिटी सदस्य प्रदीप कटुवाल नै मैदानमा उत्रिएको विषयले प्रवेश पाएको छ ।
प्रेस चौतारीबाट उपाध्यक्षका उम्मेदवार बनेका वाई. पी. विनय, सचिवको उम्मेदवार बुद्ध कुमार अछामी र सह-सचिवका उम्मेदवार बलवीर भुजेललाई हराउन एमाले जिल्ला अध्यक्ष श्रेष्ठ र कटुवालले कांग्रेस जिल्ला सभापति उपेन्द्र पोखरेल सँग गरेको फोन संवाद बाहिरिए सँगै उनीहरू आफ्नै संगठन हराउनको लागि अन्य पार्टी सँग साँठगाँठ गरेर मैदानमा उत्रिएका पुष्टि भएको थियो ।
नेकपा एमाले सिन्धुलीको चौथो पूर्ण बैठकमा सहभागी हुन सिन्धुली आइपुगेका नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमाले भित्र संगठनात्मक अराजकता बढ्दै गएको र यसैको पछिल्लो नमुना सिन्धुलीमा पत्रकार महासंघको निर्वाचनमा देखिएको बताए । हामीलाई अहिले सारै नै बिरामी बनाएको दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अवसरवादले हो । सांगठनिक अराजकता भन्ने कुरा तपाईँले विगतको निर्वाचन यसो फर्केर हेर्दा भैइ हाल्यो नि ! यसो केही भन्नै पर्दैन नि !! हरेक हुने सामाजिक संस्थाको निर्वाचन हुँदा हुँदा यहाँको नेपाल पत्रकार महासंघको निर्वाचन पनि सांगठानिक अराजकताको नमुना हो । नेता गौतमले भने, ‘ प्रेस चौतारीले कमिटी गत प्रणालीले गरेको निर्णय नमान्ने अधिकार जिल्ला पार्टी नेतृत्वलाई नभएको र त्यसलाई नमानेर चौतारीका उमेरदवारलाई चुनाव हराउन भूमिका खेल्ने जुन सुकै कमिटीमा बसेका नेताहरू भए पनि कारबाही गर्ने जिकिर गरे । ‘ साथै प्रेस चौतारीका साथीहरूलाई नआत्तिन आग्रह गर्छु ।’ उने भने ।
प्रेस चौतारीले गरेका माइन्युटको निर्णयहरू टेलिफोन संवादको अडियो र एमाले अध्यक्ष श्रेष्ठको फेसबुक पोष्ट समेत प्रतिवेदनमा समेटेर पार्टीको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय प्रचार तथा प्रकाशन विभाग, प्रेस चौतारी केन्द्रीय कार्यालय र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा पठाउन गौतमले निर्देशन दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।