गोलन्जोरका महिला स्वास्थ्य स्वयंसेविकालाई आधारभूत आँखा स्वास्थ्य तालीम सुरु
सिन्धुली । जिल्लाको गोलन्जोर गाउँपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाको लागि आधारभूत आँखा स्वास्थ्य शिक्षा तालिम सुरु भएको छ ।
भिजन फर दी वर्ल्ड, दिदी फाउन्डेसन र सुनकोशी सामुदायिक अस्पतालको आयोजनामा भएको तालिममा गाउँपालिकामा कार्यरत २१ जना महिला स्वास्थ्य स्वसेविकाहरू सहभागी रहेका छन् ।
ग्रामीण तहमा रहेका आँखा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै आँखाको परीक्षण तथा उपचारका लागी प्रेरित गर्न तालिम आयोजना गरिएको दिदी फाउन्डेसनका को-फाउन्डर दीपक अछामी जानकारी दिए । उनले पुरानो उपचार शैली परिमार्जित गर्दै नयाँ उपचार पद्धति अपनाई अन्धोपन निवारण गर्नको लागि तालिमको आयोजना गरेको बताए ।
बिहीबार देखि खुर्कोटमा सुरु भएको तालिममा गाउँपालिका प्रत्येक वडाबाट ३ महिला स्वयंसेविकाहरू सहभागिता रहेको र खान बस्नको लागि सुनकोशी सामुदायिक अस्पतालले व्यवस्था गरेको रेडक्रस उपशाखा ग्वाल्टारका सभापति गौरव कार्कीले जानकारी दिए । साथै तालिम भोलीसम्म चल्ने पनि उनले बताए।
तालिम सिन्धुलीमा उपयुक्त भएको र प्रभावकारी पनि हुने भएकाले तालिम आयोजना गरेको भन्दै गोलन्जोर गाउँपालिका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने ( पुकार ) ले खुसी व्यक्त गरे । उक्त तालिमले स्वास्थ्य स्वयंसेविकाहरूको क्षमताको विकासको साथै समुदायमा सचेतना बिस्तारमा कोशे ढुङ्गा साबित भएको बताउँदै उनले दिदी फाउन्डेसन र सुनकोशी सामुदायिक अस्पताललाई धन्यवाद समेत दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।