वीपत्तीबाट जोगिएका गुरूकुलका वटुकहरुलाई सहयोग
सिन्धुली । विपत्ती खेपेका सुनकोशी गाउँपालिका १ आदीलिङ्ग कुशेश्वर महादेव मन्दिर दुम्जा परिसरमा रहेको गुरुकु्लका बटुकहरुका लागि सिन्धुलीमाढीमा रहेको भगवती अंग्रेजी आवासिय माविले शनिबार खाद्यान्न तथा स्टेशनरी सहयोग गरेको छ । रोशीखोला र सुनकोशी नदीमा बाढी आएपछि गत ११ र १२ असोजमा धार्मिक विद्यालय गुरुकुलका प्राचार्य सहित ती वटुकहरु बीचमा फसेपछि सरकारले तीनदिनमा हेलिकप्टरबाट उद्धार गरेको थियो । रोशी र कोशीको बाढीले मन्दिर र विद्यालयमा क्षती गरेको छ ।
३० जना वटुकहरुलाइ खाद्यान्न तथा स्टेशनरीको अभाव भएको जानकारी आएपछि ३० बोरा चामल सहित एकसरो सबै सामान करिव डेढ लाख बराबरको सहयोग गरेको भगवती माविका प्रिन्सिपल कृष्णकुमार उप्रेतीले बताए । दान सहयोगबाट आधारभुत तह कक्षा ८ सम्म चलेको विद्यालयमा आएको सहयोगले विपत्तीबाट जोगिएका वटुकहरुलाइ ठुलो राहत भएको प्राचार्य नारायण घिमिरेले जानकारी दिए । सिन्धुली, काभ्रे, रामेछाप, महोत्तरी, दाङ जिल्लाका वटुकहरु गुरुकुलमा रहेर अध्ययनरत छन् ।
यतिखेर पनि रोशी र कोशीको बीचमा रहेको मन्दिर तथा गुरुकुलमा पुग्न सहज छैन् । रोशीखोला पार गरेर आउजाउ गर्न वटुक तथा स्थानीयलाइ समस्या छ । सरकारले मन्दिर तथा विद्यालयको संरक्षण एवं आउजाउ गर्नका लागि रोशीखोलामा ह्यूमपाइप राखेर बाटो खोलिदिन सुनकोसी गाउँपालिका उपाध्यक्ष कपिल कोइरालाले माग गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।