दशैँ अघि बीपी राजमार्ग सञ्चालनमा आउने, नेपालथोक र चौकीडाँडाबाट काम अघि बढ्यो!
काठमाडौँ । बाढी पहिरोको कारण अवरुद्ध हुन पुगेको राजधानी काठमाडौँ जोडने बीपी राजमार्ग दशैँ अघि सञ्चालनमा ल्याउने तयारी अनुसार काम अघि बढेको छ । रोशी खोलामा आएको बाढीको कारण बीपी राजमार्ग ११ स्थानमा कटान भएको छ । करिब २ किलोमिटर सडक भत्काएको कारण यस सडक खण्ड अहिले पूर्ण रूपमा अवरुद्ध बन्न पुगेको छ । सिन्धुली, खुर्कोट हुँदै नेपालथोक सडक खण्ड सुचारु भएको छ भने धुलिखेल भकुण्डे चौकीडाँडा सडक मङ्गलवारबाट सञ्चालनमा आएको छ ।
तर चौक डाँडादेखि नेपालथोक सडक बन्द रहेको छ । राजमार्ग कटान भएर हाल सो स्थानमा रोशीखोला बगेको छ । सडक विभाग अन्तर्गत रहेको सडक डिभिजन कार्यालय भक्तपुर र खुर्कोटले हिजोबाट एक दर्जन भन्दा बढी एक्स्काभेटर र जेसेभी प्रयोग गरेर रोशीखोलाले भत्काएको सडकमा ड्राइभर्सन गरी यातायात सञ्चालन गर्ने तयारी अनुरूप काम अघि बढाएको छ ।
सडक डिभिजन भक्तपुरका डिभिजन प्रमुख सुमन योगेशले भने,दसैँ अघि यातायात सञ्चालन गर्ने गरी तीव्र गतिमा काम अघि बढेको छ, यसको लागि जेसिभी, एक्स्काभेटर र रोलरको प्रयोग गरिएको छ । बीपी राजमार्गमा अकल्पनीय क्षति भएको छ, अस्थायी रूपमा दसैँ अघि एकतर्फी रूपमा भए पनि सञ्चालनमा ल्याउने गरी काम अघि बढाएका छौ, उनले भने ।
प्रमुख योगेशले हाल: बाढी पहिरोले भत्काएको सडक पुर्नस्थापना गर्नको लागि करिब २ अर्ब भन्दा बढी लाग्ने प्रारम्भिक अनुमान गरिएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।
प्रतिक्रिया