विपद्मा परेकाहरूलाई सहयोग गर्न सिन्धुली उद्योग वाणिज्य संघको आग्रह

सिन्धुली । सिन्धुली उद्योग वाणिज्य संघले विपद्मा गरेकाहरूलाई सहयोग गर्न आग्रह गरेको छ ।

असोज १० गते बेलुका देखि १२ गते सम्म परेको अविरल वर्षाका सिन्धुलीको विभिन्न भूभागमा बाढी पहिरोको विपद्मा परेकाहरूलाई सहयोग गर्न आग्रह गर्दै सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले अपिल जारी गरेका छन् ।

सिन्धुली जिल्लाको अधिकांश भूभागमा ठुलो मात्रामा जनधनको क्षति पुर्‍याएको छ । जिल्लाको उत्तरी भागमा रहेको सुनकोशी नदी र पहिरोले राजमार्ग अवरुद्ध पारेको छ भने, नदी क्षेत्र नेपालथोक,मुलकोट र खुर्कोट घरहरू पुर्नुका साथै बगाएको र अन्य क्षेत्रमा पहिरोमा परि धेरै घर परिवारहरू विपद्मा परेका छन् । यस विपद्मा परेकाहरूलाई आ-आफ्नो क्षेत्रबाट सकेको सहयोग गरिदिनुहुन सम्पूर्ण सहयोगी मनहरूमा हार्दिक अपिलमा भनिएको छ।

त्यसै गरी प्राकृतिक विपद्मा परि ज्यान गुमाउनु हुने महानुभावहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, घाइते महानुभावहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौ । यस विपद्को घडीमा सहयोग पुर्‍याउनुहुने स्थानीय बासी, राजनीतिक दलहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना , स्थानीय प्रशासन, रेडक्रस लगायत आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्‍याउनुहुने महानुभावहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दै गर्दछौ ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर