सुनकोशी र रोशीकोबीचमा फसेका ३३ जनाको २४ घण्टापछि उद्दार

सिन्धुली । सिन्धुलीको दुम्जास्थित कुशेश्वर महादेव परिसरमा अलपत्र परेका संस्कृत गुरुकुलका बटुक र शिक्षकहरूको करिब २४ घण्टापछि उद्धार गरिएको छ ।

सुनकोशी गाउँपालिकास्थित आदिलिङ्ग कुशेश्वर मन्दिर परिसरमा रोशीको बाढी पसेको थियो ।

बाढीले सबैतिरबाट घेरेपछि नदीबीचमा फसेका गुरुकुलका  कुशेश्वर गुरुकुलका २८ जना विद्यार्थी र गुरुसहित ३३ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट शनिवार साँझ उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माले माईशिर डटकमलाई जानकारी दिए ।

सुनकोशी गाउँपालिका १ दुम्जामा रहेको कुशेश्वर महादेव गुरुकुलमा अध्ययनरत बटुक र शिक्षक बाढीको बीचमा फसेको प्रजिअ शर्माले बताए ।

मन्दिरको पछाडि सुनकोशी नदी र अगाडी रोशी खोलाको बाढी आएको हुँदा शिक्षक र विद्यार्थी फसेका थिए । अहिले उनीहरुलाई गजुलीदहमा सुरक्षित ठाउँमा राखिएको छ ।

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर