सुनकोशीको बाढीले मुल्कोट बजार पनि डुब्यो !

सिन्धुली । अविरल वर्षासँगै सुनकोशीमा आएको बाढीले जिल्लाको सुनकोशी गाउँपालिका-५ स्थित मुलकोट बजारका घर तथा रिसोर्टहरू डुबानमा परेका छन्।

बिहिबारदेखि परेको वर्षाका कारण सुनकोशी नदिमा आएको बाढीले घर, विद्यालय र होटल तथा रिसोर्टहरु डुबानमा परेका हुन्।

शुक्रबारसम्म सामान्य रहे पनि आज बिहानदेखि खोलामा जलसहत निकै बढेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द राज काफ्लेले जानकारी दिए।

नदिमा आएको बाढीले मुल्लकोट बजारमा रहेका क्वालीटी रिसोर्ट, ताज रिसोर्ट, होटल पौवा लगायत दर्ज नौ घर तथा होटलहरु डुबानमा परेका छन्। उनले भने, “ मानवीय क्षती भएको छैन हामी उनीहरुलाई सुरक्षित स्थानमा स्थानतरण गरेका छौ।”

यो पनि पढ्नुस् ।

सुनकोशी बाढीले खुर्कोट बजार डुबानमा


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर