सुनकोशी बाढीले खुर्कोट बजार डुबानमा

सिन्धुली । अविरल वर्षासँगै सुनकोशीमा आएको बाढीले जिल्लाको गोलन्जोर गाउँपालिका-७ स्थित खुर्कोटको तल्लो बजारका घर डुबानमा परेका छन्।

बिहिबारदेखि परेको वर्षाका कारण सुनकोशी नदिमा आएको बाढीले यहाँका घरहरु डुबानमा परेका हुन्।

शुक्रबारसम्म सामान्य रहे पनि आज बिहानदेखि खोलामा जलसहत निकै बढेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द राज काफ्लेले जानकारी दिए।

तस्बिरः मिलन देवकोटा

नदिमा आएको बाढीले यहाँका ७० घर डुबानमा परेका छन्। उनले भने, “बाढीले शसस्त्र प्रहरीको विपद व्यवस्थापन वेस सहित पसलहरु डुबानमा परेका छन्। पसलहरूबाट सामानहरू बहिर निकाल्ने काम भइरहेको छ ।”

जिल्ला प्रशासन कार्यालयले भारी वर्षा भइरहेकाले नदी तटीय र पहिरा जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माले वर्षाका कारण हुन सक्ने क्षति न्यूनीकरणका लागि सबैलाई आग्रह गरेका छन्।

सुनकोशी नदीले सतर्कता तह पार गर्‍यो

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा रहेको जलमापन केन्द्रमा नदीले जलसतह पार गरेको छ। बिहिबारदेखि परेको अविरल वर्षाका कारण शुक्रबार रातीदेखि नदीले सतर्कता तह पार गरेको हो।

सतर्कता तह पार गरेकाले सुनकोशी नदीमा बाढी आउनसक्ने सम्भावना रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन र सावधानी अपनाउन आग्रह गरिएको प्रजिअ शर्माले जानकारी दिए।

तस्बिरः मिलन देवकोटा

जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा आइतबारसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार सुनकोशी नदीको सतह ९ मिटरभन्दा माथि आएको छ।

 

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर