बाढीले फसे रोशी र कोशीको बिचमा ३ शिक्षक २८ विद्यार्थी

सिन्धुली ।  बिहीबार रातिदेखि परेका अविरल वर्षाका संगै आएको बाढी कारण ले रोशी र सुनकोशी नदी बिचमा ३ शिक्षक र २८ विद्यार्थी सहित ३१ जना फसेका छन् ।

सिन्धुलीको सुनकोशी गाउँपालिका -१ दुम्जामा रहेको कुशेश्वर महादेव गुरुकुलमा अध्ययनरत २८ विद्यार्थी र ३ शिक्षक फसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्द राज काफ्लेले जानकारी दिए ।

मन्दिरको पछाडि सुनकोशी नदी  र  अगाडी रोशी खोलाको बाढी आएको हुँदा शिक्षक र विद्यार्थी फसेको प्रहरीले जनाको छ ।  एसपी काफ्लेले अहिले शिक्षक र विद्यार्थी मन्दिरमा सुरक्षित रहेको र पानीको सतह बढ्दै गएमा नेपाली सेनाको सहयोगमा हेली बाट उद्धार गर्न समन्वय भइरहेको बताए ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर