स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्थाको १६ औ बार्षिक साधारण सभा सम्पन्न

सिन्धुली । स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठको अध्यक्षता तथा कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम आज (बिहिबार) सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाको उन्नती प्रगतिका लागी सञ्चार क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको उच्च मुल्याङ्कन गर्दै पालिका आवाज अनलाईनका प्रधान सम्पादक जीवी श्रेष्ठलाई प्रमाण पत्रको साथमा सम्मान गरिएको थियो ।

साथै, ५ जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर प्रमाण पत्रको साथमा थर्मश प्रदान गरिएको थियो भने एक / एक जना उत्कृष्ट महिला तथा पुरुष बचत कर्ता, असल ऋणी र बाल बचत कर्तालाई प्रमाण पत्रको साथमा सम्मान गरिएको थियो ।

यस्तै, उत्कृष्ट एक जना कर्मचारीलाई पनि प्रमाण पत्रको साथमा सम्मान गरिएको थियो ।

शेयर सदस्यहरुको आत्मविश्वास बचत तथा ऋण कारोबारमा एकरुपता, संचालक समितिको सहमति साथै दक्ष कर्मचारीका लगनशिलताकै कारण सहकारीले सफलता प्राप्त गर्दै गएको सहकारी संस्थाका अध्यक्ष श्रेष्ठले बताउँनु भयो ।

आर्थिक बर्ष २०८० / ८१ को आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष बलराम श्रेष्ठले, संस्थाको प्रगति प्रतिवेदन सचिव नवराज श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो भने लेखा समितिको प्रतिवेदन संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक कृष्ण प्रसाद गौतमले प्रस्तुत गर्नु भएको थियो ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर