कमलामाई नगरपालिका ६ बालमैत्री वडा घोषणा

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ लाई बालमैत्री वडा घोषणा गरिएको छ । “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ ६० औँ राष्ट्रिय बालदिवसको अवसरमा शनिवार एक कार्यक्रमका बिच उक्त वडालाई बालमैत्री वडाका रूपमा घोषणा गरिएको हो ।

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८, कार्यान्वयन कार्यविधि २०६८, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ ले निर्दिष्ट गरेको सबै तहगत खुड्कीलाहरु, सुचकहरु र मापदण्डहरु पुरा गरी बालमैत्री वडा घोषणा गरिएको वडा अध्यक्ष उज्जवल कुमार थापाले जानकारी दिए ।

बालमैत्री वडा घोषणा गर्न सहयोग गर्नु हुने सम्पुर्ण व्यक्तित्व एंव संस्थाहरुलाई धन्यवाद दिदै प्रतिनिधि सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि श्याम कुमार घिमिरेले बालअधिकार प्रति सचेतना जागृत गर्ने कुरामा बालमैत्री वडा घोषणाले काम गर्ने बताए ।

बालमैत्री वडा घोषणा कार्यक्रममा नगर प्रमुख उपेन्द्र कुमार पोखरेल, उप प्रमुख मञ्जु देवकोटा ,जि.स.स उपप्रमुख शान्ता कार्की, कार्यपालिका सदस्यहरु, वडा अध्यक्षहरु, जिल्ला प्रशासन कार्यालयका सहायक जिल्ला प्रमुख अधिकारी, जिल्ला भित्रका विभिन्न संघ सस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरु, शाखा प्रमुखहरु, स्वास्थ्य चौकीका कर्मचारीहरु, नगर भित्रका सरकारी / सस्थागत विद्यालयका शिक्षक तथा विद्यार्थीहरु, पत्रकारहरु र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर