‘मिस युनिभर्स नेपाल २०२४’ को उपाधि सम्पदा घिमिरेलाई

सम्पदा घिमिरेले ‘मिस युनिभर्स नेपाल २०२४’ को उपाधि जितेकी छिन्। बुधबार साँझ गोदावरी सनराइज कन्भेसन सेन्टरमा भएको ग्रान्ड फिनालेमा घिमिरे मिस युनिभर्स नेपालको पाँचौ संस्करणको विजेता घोषित भएकी हुन्।

नेसनल डारेक्टर संगीता पुरीले घिमिरेलाई सुन र हीराजडित ताज पहिर्‍याएकी हुन्।

त्यसैगरि, स्मृति सिंह फस्ट रनरअप, अक्षिता क्षेत्री सेकेन्ड रनरअप , क्यारिन मुर्रे थर्ड रनरअप र सुजल बम फोर्थ रनरअप घोषित भइन। सुजल सुन्न र बोल्न सक्दिन्न।

ग्लोबल ग्ल्यामर भेन्चरले पहिलोपटक आयोजना गरेको मिस युनिभर्सकी नेसनल डारेक्टर संगीता पुरी हुन्। फिनालेमा उपाधिका लागि २२ जना भिडेका थिए।

पूर्वमिस नेपाल माल्भिका सुब्बासहित विश्वचर्चित भ्लगर, कन्टेन्ट क्रिएटर तथा ब्युटी पेजेन्ट विश्लेषक लुइस पोर्टेल्सले फिनाले होस्ट गरेका थिए।

विजेताले नोभेम्बरमा मेसिक्कोमा हुने मिस युनिभर्समा नेपालबाट प्रतिनिधित्व गर्नेछिन्। जहाँ सय देशहरुले प्रतिपर्धा गर्नेछन्।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर