सिन्धुली बहुमुखी क्याम्पस ‘एमवीएस’ परीक्षा केन्द्रबाट ३२ मोबाइल जफत

अहिले इन्टरनेटमा (च्याट जिपिटी) बारे प्रयोगकर्ताहरूको आकर्षण बढ्दो छ । गत नोभेम्बर ३० मा सार्वजनिक च्याट जिपिटी एक आर्टिफिसियल इन्टेलिजेन्टस (एआई) मोडल हो जसलाई प्रयोगकर्ताले कुनै पनि विषयमा प्रश्न सोध्न सक्छन् । र, यसले प्रयोगकर्ताको प्रश्नको उत्तर निकै सहज र संवादात्मक शैलीमा दिन्छ।

इन्टरनेट पहुँच भएका प्रयोगकर्ताहरूलाई अहिले कुनै पनि विषयमा जानकारी चाहेमा गुगल सर्च इन्जिन प्रयोग गरिरहेका छन् । गुगलमा जस्तै च्याट जिपिटीले पनि प्रयोगकर्तालाई उत्तर दिने हो ।

तर गुगलले प्रयोगकर्ताको प्रश्नको जवाफ विभिन्न लिंक पेश गरेर दिन्छ । प्रयोगकर्तालाई ठ्याक्कै उत्तर पाउन मुश्किल पर्छ । तर च्याट जिपिटीको प्रयोगमा भने प्रयोगकर्ताले जस्तो उत्तर खोजेको हो, त्यस्तै पाउन सक्छन् ।

त्यसैले पछिल्लो समय च्याट जिपिटीको लोकप्रियता बढ्दै गएको छ । आम मानिसमा  मात्रै हैन, पछिल्लो समय  प्रश्नको उत्तर खोज्न सजिलो भएपछि विद्यार्थीहरूले  विभिन्न परीक्षाहरूमा चिट चोर्ने साधनको रूपमा प्रयोग गर्न थालेका छन् । यसकै पछिल्लो ज्वलन्त उदाहरण हो; सिन्धुली बहुमुखी क्यामपसमा त्रिभुवन विश्वविद्यालय सञ्चालन गरिरहेको व्यवस्थापन तेस्रो सेमेस्टर (MBS) परीक्षाको  पहिलो दिन ३२ वटा मोबाइल जफत गरिएको हुनु।

निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णमणि फुयाँल नेतृत्वको टोली  परीक्षा केन्द्र अनुगमनको लागि बुधवार सिन्धुली बहुमुखी क्याम्पस  पुग्दा विद्यार्थीहरू मोबाइलमा च्याट जीपिटी ( Chat GPT)  प्रयोग गरेर खुल्लमखुल्ला लेखिरहेका थिए ।

अनाधिकृत रूपमा विद्यार्थीहरूले परीक्षा हलमा प्रयोग गरेको ३२ थान मोबाइल  जफत गरिएको  सिन्धुलीका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णमणि फुयाँलले जानकारी दिए ।

साथै त्रिवि प्रतिनिधिलाई  बोलाएर सचेत गराएँ जिल्ला अधिकारी फुयाँल भन्दछन् ।  तर, जवाफमा त्रिविका प्रतिनिधिले ‘ मैले छाम्न मिल्दैन अनुगमन गरेर रिपोर्ट दिने हो हजुर ! भन्ने गैर जिम्मेवार जवाफ फर्काए ।’

परीक्षा केन्द्रहरूमा परीक्षार्थीहरूले मोबाइल प्रयोग गरी परीक्षामा चिट चोर्ने लगायतका अमर्यादित क्रियाकलाप बढ्दै गएपछि, सोमबार ५२  बुधवार ३२ वटा मोबाइल चिट चोरिरहेको अवस्थामा जफत गरिएको थियो ।

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर