राजन दाहाललाई धक्का:  राना बने अखिल क्रान्तिकारी सिन्धुलीको अध्यक्ष

सिन्धुली । माओवादी केन्द्र सिन्धुलीमा बढेको विवाद विद्यार्थी संगठनको जिल्ला सम्मेलनमा पोखिएको छ । अखिल क्रान्तिकारी सिन्धुलीको नेतृत्व चयन सर्व सहमतिमा गर्ने चाहना विपरीत पार्टीका केन्द्रीय सदस्यको हस्तक्षेपपछि माओवादी केन्द्र सिन्धुलीको विवाद तल्लो कमिटीसम्म मात्रै पुगेन  सहमति नजुटेपछि सम्मेलन नै स्थगित गरिएको थियो ।

सिन्धुलीमाढीमा भदौ १९ गते उद्घाटन  भएको नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २१ औँ जिल्ला सम्मेलनमा सहमतिमा नेतृत्व चयन हुन  नसकेपछि स्थगित गरिएको थियो ।

सुमन रानालाई ७ पालिका कमिटीले अध्यक्ष बनाउन प्रस्ताव सहित मातृका भट्टराईको संयोजक रहेको  हेम कार्की र सोम प्रसाद बराल सदस्य रहेको अध्यक्ष मण्डलमा लिखित हस्ताक्षर बझाएका थिए ।

तर, माओवादी केन्द्रका केन्द्रीय सदस्य राजन दाहालले जिल्लामा आफू कमजोर बन्न थालेपछि  विद्यार्थी संगठन आफ्नो नियन्त्रणमा राख्न जिल्ला अधिवेशन स्थगित गर्न लगाएका  थिए । दाहालले  धनबहादुर श्रेष्ठ ‘सुवास’ लाई उमेरद्वारा बनाए । दाहालले  अखिल क्रान्तिकारीको जिल्ला अधिवेशन आफ्नो प्रतिष्ठाको लडाइँको रूपमा लिएका थिए ।

सहमति नभएपछि स्थगित भएको सम्मेलन भदौ २६ मा चुनाव हुने बताइएको थियो । तर निर्वाचनमा जाँदा दाहालको पक्षमा परिणाम नआउने देखिएपछि, जिल्ला इन्चार्ज बुद्धिमान माझी ‘वसन्त’, जिल्ला संयोजक पानीराज बम्जन र सचिव विनोद विक समूहबाट उम्मेदवार बनेका सुमन रानामगर सर्व सहमत अध्यक्ष बनेका छन् ।

सुमन राना मगरको नेतृत्वमा  ५१ सदस्यीय नयाँ जिल्ला समितिको उपाध्यक्षमा भरत सिंजाली, रमाना सापकोटा र शंकलाल बम्जन रहेका छन् । पुष्कर थापा मगर सचिव बनेका छन् भने, सविन चौलागाई, कृष्ण मगर र रोजिना न्यौपाने सह–सचिव बनेका  छन् ।

त्यसैगरी डोर बहादुर बराल कोषाध्यक्ष निर्वाचित भएको निर्वाचन कमिटीका अध्यक्ष सुदीप केसीले जानकारी दिए । आज भएको भेलाबाट ४५ सदस्य जिल्ला कमिटी चयन गरेको र कमिटीको पहिलो बैठकले ६ सदस्य मनोनीत गर्ने अखिल क्रान्तिकारी सिन्धुलीले जनाएको छ ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर