लुटको स्वर्गलाई भत्काउने सफल प्रशासक !

जसले दुई थान एसपीको सरूवा गराए र तस्करीमाथि धावा बोले

लुई चौधौंले मनैं राज्य हुँ भनेर राज्य र जनतामाथि शोषण गरे । लुई पन्ध्रौंले  म मरेपछि प्रलय होस् भनेर देश र जनताप्रति अनास्था र गैरजिम्मेवारीको हुंकार गरे । मार्कोस, सुहार्तो र डुभ्यालियर जस्ता शासकहरुले राष्ट्रको ढुकुटीमा डकैत गरेर देश र जनतालाई हरिकंगाल बनाए ।

लोकतन्त्र, गणतन्त्र र गाउँगाउँमा सिंहदरवार ल्याएको सुगा रटान गर्ने हाम्रामन्त्री र माननीयहरुले हाम्रागाउँ र सहरका विकास निर्माणमा कसरी आँखा लगाइरहेका छन् र उनीहरु शासन सत्ताको बाहुवलीमा शुन्दर शान्त नेपाललाई खोक्रो बनाइरहेका छन् भन्ने तथ्यहरुको फेरिहस्त हाम्रा सामू छर्लङ्ग छ ।

सरकार र नागरिकहरु बीचको असल सम्बन्धको राजनैतिक मार्ग हो सुशासन । यसका लागि राज्यले अबलम्मन गरेका प्रक्रिया, प्रणाली र विद्यमान संरचनाहरुद्धारा नागरिकहरुसँग सरकारले प्रवाहगर्ने कामहरुको सरकारात्मक कामहरुबाट नागरिकले खुशी र भलाईको अनुभूति गर्छन् भने त्यहाँ सुशासन कायम भएको मान्नु पर्छ ।

जहाँ नागरिकहरुलाई प्रजाका रुपमा शाशित गरेर  उनीहरुका खुशी, सम्मान, आवाज र अधिकार खोसेर बलद्धारा व्यक्तिगत स्वार्थकालागि शासन सत्ताको दुरुपयोग गरेकामन्त्री र सांसदहरु समाजमा आफू बलशाली भएको डिङ हाँकिरहेका छन् ।

सरकार, निजी क्षेत्र, राजनैतिक दल, नागरिक समाज र राज्यको चौथो अङ्गको पगरी गुथेको सञ्चार क्षेत्रको अहम भूमिकाले केन्द्र र जिल्ला तहमा सुशासन निर्धारण गरिरहेको हुन्छ ।

संगठित अपराधिक सिन्डिकेट र शक्तिशाली व्यापारिक घरानाहरुले माथि उल्लेखित सबै क्षेत्रका प्रतिष्ठितहरुलाई आफ्नो कब्जामा लिएर अवैध कामहरु सञ्चालन गरिरेहका तथ्यहरु पटक पटक सार्वजनिकहुँदै आएका छन् । केन्द्र देखि जिल्ला तहमा हुने यस्ता अपराधिक क्रियाकलापमा नियमनकारी निकायनैं संलग्न हुने बिबरणहरुले आम नागरिकमा मौजुदा शासन व्यवस्था प्रतिनैं नकारात्मक भाव पैदा गराईरहेको छ ।

सिंगापुरका लिक्वान युले ‘फ्रम थर्ड वल्र्ड टू फस्ट वल्र्ड’ पूस्तकमा स्वतन्त्रापछि स्वाधिन भएर बाँच्न निकै ठूलो संघर्ष मात्रै गरेनन्, उनले अनुकूलतालाई प्रतिकुलतामा बदलेर देखाई दिए । नेपालमा पुष्पलाल, विशेश्वर, मनमोहन, मदन, कृष्णप्रसाद लोकप्रिय नेताहरु थिए । उनीहरुको निजी स्वार्थ थिएन । राजा महेन्द्रले कहिल्यै राष्ट्रघात गरेनन् र त शिकार खेल्न गएका बेला मारिए । मदन–आश्रितले महेन्द्रकै बाटो पछ्याएकाले अहिले नेकपा एमाले त्यही जगमा उभिएर जनताको बहुदलीय जनवादको जगमा आफूलाई उभ्याइरहेको छ । नेपाली कांग्रेसले विपीको आदर्शलाई छोड्दा अहिले अनुयायीहरु कुहिरोको मागझैं अलमलिई रहेकाछन् ।

तानाशाह र सर्वसत्तावादीको निकै लामो सूचि तयार हुन सक्छ । जसले मानव समाजको विकाशक्रमलाईनैं उल्टो गतिमा हिंडाउने प्रयाश गरिरहेका छन् । तर उनीहरु आफूलाई अझैं पनि जनपक्षीय भनेर समाजमा ढोल पिटाइरहेका छन् तर आफू स्वयमं आम नागरिक र समुदायमा दुर्गन्धित  भइसकेको बारे बेखबर बनिरहेका छन् । नेपाली राजनीतिका यस्ता खलपात्र र प्रशासकहरुको भूमिका सकारात्मक नहुँदा समग्र विकासका आयामहरुनैं अबरुद्ध पारिएका वा आफ्नो स्वार्थ अनुसार सञ्चालनमा आउने गरेका छन् ।

सत्ता राजनीतिका यस्ता राम्रा पात्र छन् र उनीहरुले अगाडि बढाएका रुपान्तरणकारी कामहरुलाई कार्यान्वयनगर्ने साहस भएका प्रशासकहरु पनि छन् जसले व्यवस्था प्रतिनैं नकारात्मक धारणा बनिरहेका बेला आम जनमानसमा सकारात्मक उर्जा प्रदान गर्न सक्छन् । र उनलाई तिनै नागरिकले निरन्तर संझन्छन् पनि ।

झण्डै एक वर्ष अगाडि सिन्धुलीमा आएका प्रमुख जिल्लाअधिकारी भरत खनाल त्यही पात्र हुन्, जो जिल्ला छोडेर जाँदा रित्तो हात फर्किए । यो सुन्दा धेरैलाई अनौठो पनि लाग्न सक्छ । समग्र जिल्लाको शान्ति सुरक्षा कायम राख्न र केन्द्र सरकारको प्रतिनिधीका रुपमा खटिएका प्रमुख जिल्ला अधिकारी खनालले सुन्दर सिन्धुलीको कुरुप दृश्यलाई यसरी आफ्नो आँखाले कैद गरे, अनि छर्लङ्ग देखे सिन्धुली विकास नहुनुका डरलाग्दा कारणहरु । उनले शान्त र सुन्दर सिन्धुलीभित्र राजनैतिक संरक्षणमा हुने तस्करीको जालोलाई केही समय त ब्रेक गरे । केहीथान नेता र माननीयहरु उनको सरुवाकालागि तत्कालिन गहृमन्त्री रवि लामिछाने समक्ष बिन्तिगर्न पुगे तर उनीहरुको कुरा कसैले सुनेनन् ।

उनको निवासमा तस्करहरु, ठेकेदाहरु आइफोन र हात्तीका पेटीहरु बोकेर पस्ने हिम्मत गरेनन् । संगठित तस्करी र अबैध कारोवारमा संलग्नभएकै कारण उनले आफ्नो बसाईमा दुई थान एसपीलाई सरुवा गराए । सिन्धुली जिल्लाकै इतिहासमा यो पहिलो घटना थियो । सुरक्षा समितिकै सदस्यहरु राजनैतिक सहकार्यमा संगठित तस्करीमा लाग्ने गरेको डरलाग्दो तथ्य दुई थानप्रहरी अधिकारीको सरुवाले सार्वजनिक गरिदियो । उनले लुटको स्वर्गमाथि धावा बोले । त्यही कारणले पनि सिन्धुलीका नागरिकले भनिरहेका छन्ः अहिलेसम्म खनाल जस्तो सिडिओ आएकै थिएनन् । एउटा असल प्रशासकले गरेका जनपक्षीय कामलाई केहीथान नेता र तस्करहरुद्धारा शासित सिन्धुलीका नागरिकले निरन्तर सम्झिरहने छन् । साभार: सन्देश जनप्रिय साप्ताहिकबाट

(लेखकः नेकपा एमाले बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागका सचिव हुनुहुन्छ।)


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर