सुनकोसीमा खस्यो हाइलेक्स, तीन बेपत्ता

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट -घुर्मी खण्डको गोलान्जोर गाउँपालिका- १ कुडुलेमा हाइलेकस गाडी अनियन्त्रित भई सुनकोशी नदिमा खस्दा तीन जना बेपता भएका छन् ।

खोटाङको हलेसीबाट भक्तपुर फर्कदै गरेको सुजुकी हाइलक्स गाडी साँझ ५ बजे सुनकोशीमा खस्दा भक्तपुरको सुर्यविनायक नगरपालिका जगातीका ३२ वर्षिय अबिन बदे, ३० वर्षिय प्रनित स्यागु र ३७ वर्षिय बलराम घटुवा बेपत्ता  भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेले जानकारी दिए  ।

उपरिक्षक  काफ्लेका अनुसार गाडीमा सवार चार जना मध्य  २७ वर्षिय सुसान्त कक्षपति प्रहरीको सम्पर्कमा रहेको र उनी मध्यम घाईते भएका छन् । विस्तृत विवरण आउन बाँकी छ ।

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर