सिन्धुली ‘बुद्धचित्त’ प्रकरणका राकेशले प्रहरी समक्ष गरे आत्मासमर्पण: अझै २ फरार सूचीमा

सिन्धुली ।  सिन्धुलीको फिक्कल गाउँपालिका – १ का होमबहादुर सुनुवारको घरमा रहेको  बुद्धचित लुट्ने काभ्रे तेमालका किरण भनिने राकेश लामाले सिन्धुली प्रहरीमा आत्मा समर्पण गरेका छन् ।

होमबहादुर सुनुवारको बुद्धचितको रुख फिक्कल गाउँपालिका खेलकुद विकास समितिको अध्यक्ष समेत रहेका शिव बराल मार्फत  काभ्रे तेमालका पुष्पलाल दोङ, राकेश तामाङ र दूतराज तामाङले वार्षिक ५ लाख रुपैयाँमा  ३ वर्षको लागि  १५ लाखमा करार सम्झौता गरेका थिए। उक्त  १५ लाखमा  करार सम्झौता गरेको रुख उनीहरूले काठमाडौँ ठमेलका माला व्यापारी आर्यन खतिवडालाई ६५ लाखमा बिक्री करार गरेका थिए । तर, बुद्ध चित्तको दाना टिप्ने समयमा आर्यन खतिवडालाई बिक्री गरिसकेको माला गत साउन १ गते राकेश र दूतराज तामाङ आफैले लुटेका थिए ।

आर्यन खतिवडाले आफूले खरिद गरेको बुद्ध चित्त लुटिएको भनेर मिडियामा आएपछि मात्रै घटना बाहिर आएको थियो । मिडियामा उनले प्रहरीको नै संलग्नतामा  माला लुटिएको प्रहरीले किटानी जाहेरी र उजुरी समेत लिन अस्वीकार गरेको बताएका थिए । फिक्कलबाट लुटिएको  ५० केजी बुद्धचितको माला  ८० लाख बिक्री गरिएको काभ्रेकै एक बुद्ध चित्त व्यापारीले नाम नबताउने सर्तमा माईशिर डटकमसँग बताएका थिए ।

चौतर्फी चर्चा र आलोचना भएपछि, जिल्ला प्रहरी कार्यालय सिन्धुलीले  उक्त घटनाको किटानी जाहेरी साउन १६ गते मात्रै  दर्ता  गरेको थियो । सिन्धुली प्रहरीले जाहेरी दर्ता भएसँगै ३ जना लाई अनुसन्धानको लागि  पक्राउ पुर्जी जारी गरेको थियो।

पक्राउ पुर्जी जारी भएपछि काभ्रे तेमालका राकेश तामाङ भदौ २ गते आइतबार सिन्धुली प्रहरी समक्ष हाजिरी भएका छन् । तामाङको  बुधवार जिल्ला अदालत सिन्धुलीबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको  जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।

प्रहरी प्रमुख एसपी काफ्लेका अनुसार , पक्राउ पुर्जी जारी भएका ३ जना मध्ये राकेश आफै प्रहरी कार्यालयमा हाजिर भएको र अन्य २ जना अझै फरार रहेको छन् ।  प्रारम्भिक अनुसन्धान हेर्दा अरू थुप्रै संलग्न पक्षहरू तानिने देखिन्छ उनले भने ।

त्यसैगरी सिन्धुलीको फिक्कल गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष शिव बरालको समेत प्रत्यक्ष संलग्नता देखिएको र बद्धचित्त माला लुट्नको लागि गाउँपालिकाको सरकारी मोटरसाइकलहरू  प्रयोग गरिएको भनेर सामाजिक सञ्जालमा  चौतर्फी आलोचना भएको थियो । यस विषयमा जानकारी लिन माईशिर डटकमले  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत  डम्बरबहादुर  रजनमगरलाई पटक-पटक सम्पर्क गर्दा समेत उनी सम्पर्कमा आउन चाहेनन् ।  उनको यो व्यवहारले पनि गाउँपालिकाकै संलग्नतामा बुद्ध चित्त लुटिएको भन्नेहरूलाई आशङ्का गर्न बल पुगेको छ ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

One thought on “सिन्धुली ‘बुद्धचित्त’ प्रकरणका राकेशले प्रहरी समक्ष गरे आत्मासमर्पण: अझै २ फरार सूचीमा

  1. करार पुस्प लाल दोङ्ग सङ्ग मात्र भएको हो, राकेस र दुधराज सङ्ग होइन । अनि करार ३ बर्षको होइन ५ बर्षको लागि रु १५ लाखमा भएको हो । यो लुट्पाट मा फिक्कल गाउँपालिका प्रत्यक्ष सम्लग्न छ । राजु बराल, शिव बरालको प्रत्यक्ष सम्लग्न्ता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर