नेकपा स्थापनाको आज ७५ वर्ष पूरा: सिन्धुलीमा दीप प्रज्वलन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ। हिरक महोत्सवको अवसरमा नेकपा (एमाले) सिन्धुलीले दीप प्रज्वलन गरेर मनाएको छ। सोमबार साँझ सिन्धुलीमाढीमा जिल्ला पार्टी कार्यालय रहेको आजाद स्मृति भवनमा दीप प्रज्वलन गरेर मनाएको हो।

नेपालमा कायम तत्कालीन जहाँनीया राणा शासनको विरोधमा छिमेकी राष्ट्र भारतमा भूमिगत भई जनताको मुक्तिका पक्षमा राजनीति र अध्ययन गर्दै आएका नेपाली युवाको सक्रियतामा वि.सं २००६ सालमा नेकपा को स्थापना गरिएको थियो।

त्यसबेला भारतको कोलकातामा रहेका पुष्पलाल श्रेष्ठले नेपाली राष्ट्रिय काँग्रेसबाट राजीनामा दिई मार्क्सवादको अध्ययन गरी २००५ चैत २३ गते ‘कम्युनिष्ट घोषणापत्र’लाई नेपाली भाषामा अनुवाद गरेपछि नेपालमा कम्युनिष्ट विचारको प्रकाशनको सूत्रपात भएको मानिन्छ।

नेपालमा २००६ वैशाख १० गते ९१९४९ अप्रिल २२० का दिन श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थापना भएको हो। समाजवाद स्थापनाको लक्ष्यसहित स्थापित नेकपामा श्रेष्ठ संस्थापक महासचिव थिए।

नेकपाका संस्थापकहरूमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ थिए । स्थापनाकालमा एउटै रहेका कम्युनिष्ट पार्टी विभाजन र एकताको शृङ्खलाबाट गुज्रँदै आएका छन्। अहिले पनि विभिन्न धार र समूहमा कम्युनिष्ट तथा वाम पार्टी सञ्चालित छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरको गोदावरीमा जारी हीरक महोत्सवको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शुभारम्भ गरेका थिए ।

महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, डा बाबुराम भट्टराई उपस्थित रहेको थियो ।

महोत्सवमा अहिले नेकपा स्थापनादेखि अहिलेसम्मको पार्टीको घटनाक्रम, ऐतिहासिक पृष्ठभूमि जोडिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो ।

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर