लागु औषध बोकेका घिमिरे सहित दुई युवा पक्राउ

सिन्धुलीमाढी । सिन्धुली प्रहरीले लागुऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका ७ का ३३ वर्षीय अम्मर बहादुर सिजाली मगर र तिनपाटन- १ बस्ने ३२ वर्षीय सुदिप घिमिरेलाई प्रहरीले लागु औषध सहित नियन्त्रणमा लिएको हो ।

कमलामाई नगरपालिका ९ स्थित चेकपोष्टमा बर्दिबासबाट सिन्धुलीतर्फ आउँदै गरेको बा ११ च ७१५७ नम्वरको कार चेक जाँचका क्रममा कारमा लुकाई ल्याईएको एक्सपोलन न्यू ४९ बोतल लागु औषध बरामद भएको सिन्धुलीका प्रहरी उपरिक्षक (एसपी) गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमध्य सिजाली चालक हुन भने घिमिरे सोही कारमा सवार रहेका थिए । पक्राउ परेकाहरुको विषयमा थप अनुसन्धान भईरहेको सिन्धुली प्रहरीले जनाएको छ ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर