केही विरोधका साथ सर्वप्रिय बनेकी ‘देवी प्रतिभा’

यो श्रावण महिना राजनीतिक हिसाबले होस या धार्मिक दुवै हिसाबले चर्चा मै बित्यो विशेष गरी  काठमाण्डौको पशुपतिमा लगाइएको कोटि होमको विषयमा सामाजिक सञ्जाल देखि लिएर मानिसहरू जमघट हुने स्थानमा सामाजिक छलफल को विषय नै बन्यो । एक आपसमा पक्ष विपक्ष बनेर दत्नेबझान नै सुरु भयो । श्रावण महिनामा पशुपतिमा कोटी होम लगाउन आवश्यक हैन । यस महिना पशुपतिमा दर्शनाथीहरू त्यतिकै आउछन,भन्ने एक थरीको तर्क थियो भने, श्रावणमा कोटि होम लगाउने शास्त्रीय साइत नभएको ,यस्तो महत्पूर्ण कार्य गर्दा बिना साइत गर्नु नहुने तथा गरिहालेमा उल्टो फल मिल्छ भन्ने कुरा, शास्त्रका जानकारहरूको भनाई थियो ।

हुन पनि कुरा हो किन भने, हामीले आफ्नो घरमा रुद्री पूजा तथा अन्य देव कर्म गर्दा त ब्राह्मणलाई साइत जुराएर गर्नुपर्दछ भने त्यत्रो कोटी होम लगाउँदा साइत जुराउनु पक्कै पर्छ नै । यो त आयोजकको विषय भयो ।

यस कोटि होममा मिडियाको प्रयोग राम्रोसँग भएको देखिन्छ । कथा वाचनको मुख्य आकर्षक ब्यक्ती देवी प्रतिभा को प्रतिभालाई नेपाली हरूको घर घर र मन – मनमा चर्चित बनाउने काम कोटि होमले मिडियाको माध्यमबाट गर्‍यो नत्र देवी प्रतिभालाई दुर्लभ नेपाली हरूले मात्र सुनेको हुनुपर्छ ।

विगत केही वर्ष देखि मैले भारतीय ३ वटी कथा वाचक किशोरी हरूको कथा युट्युबमा हेर्दै, सुन्दै आएको थिए, ती हुन् ।

१) जय किशोरी जी

२) देवी चित्रा लेखा जी

३) देवी प्रतिभा जी

यी तिन कथा वाचिकाहरूमा देवी प्रतिभाले नेपालीमा पनि बोलेको केही भिडियोहरू देखे र उसलाई अलि ध्यान दिएर हेरेको थिए ।   पशुपति कोटी होमको लागी मिडियामा भारतबाट कथा वाचनको लागि देवी प्रतिभा आउने भनेर व्यापक मात्रामा प्रचारप्रसार गरे पछि खुशी लाग्यो ।  उनी नेपाली हुन कि जस्तो त मलाई पहिल्यै लागेको थियो । तर, नेपालको काभ्रे जिल्ला मण्डनदेउपुर घर र पराजुली  उनको थर भन्ने चाहिँ थाहा थिएन ।

मैले बुझेसम्म देवी प्रतिभा छ वटा विषयमा विवादित भइन ।

१) हिन्दु शास्त्रमा डिभोर्स शब्द छैन ,भन्ने प्रवचन गरेकोमा

२) उनले लिने पारिश्रमिक को बारेमा

३) उनले गलामा भिरेको सलको विषय मा

४)  एउटा कार्यक्रममा अहिलेको समयमा राजा भन्दा राष्ट्रपति ठिक भनेकोमा

५)  उनको विवाहको भएको तर ढाटेको भन्ने बारेमा

६) उनले लिएर आएको भारतीय बडीगार्डको विषयमा

 

कथा वाचनको क्रममा उनले श्रीमान जस्तो भए पनि नारीले सहन गर्नु पर्छ । हिन्दु शास्त्रमा डिभोर्स भन्ने शब्द छैन।  भनेकी थिइन । यही विषयमा धेरैले देवी प्रतिभा प्रति आक्रोश पोखेको पाइन्छ । एउटा सनातनी कथा वाचकको धर्म भनेकै शास्त्रमा जे छ त्यी भन्नू हो ।, शास्त्रलाई तोड् मोड गर्नु उसको कर्म तथा धर्म दुवै हैन । बाँकी कुरा विवाह सम्बन्ध छोड पत्र आ-आफ्नो कुरा हो । कसै-कसैले त उनको भनाई र राधिका दासीलाई जोडेर कटाक्ष पनि गरे ।

कसको मन को सँग मिल्छ, कसको जीवन को सँग सफल हुन्छ । त्यो आफूले जान्ने र छान्ने कुरा होला ?  तर, सबै कुरा आफ्नै वसमा भने नहोला पनि, देवी प्रतिभाले त्यो प्रवचन नदिँदा पनि उहिले हाम्रो बाजेको पालामा अरूको श्रीमती लादा वा ल्याउँदा जारी लिने जारी दिने चलन चलेकै थियो।

त्यो उनी मार्फत भनिएको शास्त्रीय मान्यता प्रति किन आपत्ति जनाउनु पर्‍यो ?  उनले आफूले पढेको विषयलाई पेसागत ढङ्गले पेस गरेकी त हुन्,सो कुरा कथा वाचकको जीवनमा त लागू हुन्छ भन्ने हुन्न । उदाहरणको लागि राधिका दासी त्यो अवस्थामा पुग्नुको कारण श्रीमान् सँगको छोड पत्रलाई उनले मान्यता दिएकी छिन,भने पछिल्लो समय विवादित बनेका चर्चित कथा वाचक शीतल कृष्ण महाराज जी लाई पनि त हेर्न सकिन्छ । वाचककै जीवनमा त लागु हुन्छ भन्ने छैन भने, उनले त्यसो भन्दैमा सबैले लागु नै गर्नु पर्छ जस्तो गरेर अतालिनु आवश्यक थिएन ।

उनको वाचन शैलीमा भक्तजनहरूलाई मन्त्रमुग्ध मार्नै कलाका साथै सुनिरहूँ जस्तो लाग्ने गला पनि थियो।  अझ बिच बिचमा…

 प्यार से बोलो न…..

मस्ती से बोलो ना…..ऽऽ

भन्ने थेगोले सुनमा सुगन्ध थपेको थियो ।

पारिश्रमिकको विषयमा कसैले ५० लाख भने,  कसैले १करोड भने देवी प्रतिभा आफैले यती उति भनेर खुलाइनन् । त्यो आयोजक संस्था र उनको विषयको कुरा हो । तर, के पनि हो भने पछिल्लो समय पुराण,भागवत ,सप्ताह कोटि होम आदी कार्य गर्न सामान्य मानिसहरूले नसक्ने महँगो भइसकेको कुरा चाही सत्य हो । आर्थिक हैसियत नहुने मानिस कुनै धार्मिक सभामा जान पनि कठिन जस्तै भइसकेको छ । शास्त्रीय नीति अनुसार दान एक हातले दिएको अर्को हातले थाहा नपाओस् भन्छन् तर आजको समय त्यो छैन । सभा, मञ्चमा खादा र माला लगाउन साथै शिलामा नाम लेख्न कै लागि दान गर्नै समय छ । फेरि यसो नगरी रकम उठ्दैन,कुनै निर्माण कार्य गर्न पनि सकिँदैन । भगवान् श्री कृष्णले परिवर्तन सन्सारको नियम हो भनेको सायद यही होला ?

उनको गलामा लगाएको एउटा इसाई ब्राण्डको सलको विषयमा पनि विरोध आयो। त्यस विषयमा पत्रकार टिकाराम यात्रीले एक टेलिभिजन कार्यक्रममा प्रश्न गर्दा, उनले ‘मलाई एउटा समारोहमा कुनै भक्तले सल लगाई दिएको त्यसमा के लेखेको थियो भन्ने कुरा  आफूले जब विरोध आएपछि मात्र थाहा पाएको साथै  कुनै सनातनी विरोधीले आफूलाई त्यसो गरेको हुनसक्ने उनले बताइन् । ’

त्यस्तै अर्को प्रकाश सुवेदी सो कार्यक्रममा राजा कि राष्ट्रपति ?

भन्ने, प्रश्नमा उनले आजको समयमा राष्ट्रपति भनेर रोजेपछि,

राजावादीहरूले उनको खुब विरोध गरे ।

यस विषयमा उनको शास्त्रीय भनाई आएन, हिन्दु धर्ममा डिभोर्स को अवधारणा छैन, भने जस्तै: हिन्दु धर्ममा राष्ट्रपतिको  अवधारणा छैन, राजा नै हुन्छन् । भन्नू पर्ने थियो होला ?

यी दुई विषयमा होस पाएर हो या के हो ? उनले अनुकूल र प्रति कुल व्याख्या गरिन् भन्ने चाहिँ हो ।

उनको केही सञ्चारमाध्यमहरूले विवाहको विषयमा फोटो सहित राखेर  समाचार बनाउन भ्याए । मलाई लाग्छ  सार्वजनिक कार्यक्रममा उनिले आफ्नो व्यक्तिगत कुरा विवाह भएको नभएको भन्नू पर्ने आवश्यक हुँदैन थियो । त्यस माथि विना  प्रसङ्ग ॥

उनको यही कुरालाई केही पत्रकारले तिललाई पहाड बनाए । सार्वजनिक व्यक्ति को व्यक्तिगत जीवनको विषयमा जो कोही लाई पनि जिज्ञासा त हुन्छ नै । जिज्ञासा राख्नु फरक कुरा हो । भने बदनाम गराउनु फरक कुरा हो ।

उनी विवाहित हुन या हैन्, त्यो थाहा भएन । तर उनको प्रयास मिडिया भन्ने युट्युब पुरुषको सहयोग बिना नारी कहिल्यै सफल हुँदैनौ भनेर आफ्नो पिता जी लाई सम्झँदै पिता जी लगायत मेरो महाराज जी को ठुलो हात छ ,म सफल हुन र मेरो गृहस्थ आश्रम सफल छ भनेर विवाहलाई सङ्केत गर्दै अमूर्त रूपमा बोलेकी थिइन ।

सतीदेवीले अग्निमा देह त्याग गरेपश्चात् महादेव त्यो लास बोकेर प्रेम पीडाको विलाप गर्दै सयौँ वर्ष ब्रह्माण्ड घुमिरहन्छन । यता महादेवको त्यो नाजुक अवस्थाको फाइदा उठाउँदै असुरहरूले देवलोक जितिसक्छन् । यसरी नै महादेव रहने हो भने, सृष्टिमा आएको सङ्कट कसैले हर्न नसक्ने भन्दै विष्णुले सुदर्शन चक्र प्रहार गरेर सतीदेवीको लास लाई टुक्रा टुक्रा पारेर पृथ्वीमा झार्छन् । त्यही सतीदेवीको लासको मासुको टुक्रा जति जति ठाउँमा खस्दछ त्यहाँ – त्यहाँ विभिन्न नामका देवीको शक्तिपिठहरु उत्पन्न हुन्छन् । हाल: जानिएको ५२ शक्ति पिठ र मानवले थाहा नपाएको अ सख्य शक्ति पिठहरुमा ,शिवजीले भैरवको अवतार लिएर शक्ति पिठै पिच्छे फरक – फरक नामको १ /१भैरव स्थापित भई देवी को रक्षार्थ खटिएका थिए ।

आज पनि प्रत्येक शक्ति पीठहरूको ढोकामा शक्ति पीठका रक्षक भैरव हुन्छन् । देवीको रक्षक भैरव र अन्य सेनामेना हुन्छन् भने आजको समयमा प्रतिष्ठित व्यक्तिहरू तथा कथा वाचक वाचिका अथवा कुनै धर्म गुरुहरूले बडीगार्ड अथवा अंगरक्षक लिँदा किन आपत्ति ? जसको घर मा सम्पत्ति छैन,उसको ढोका खुल्लै राख्दा पनि चोर आउँदैन तर जसको घरमा सम्पत्ति छ उसको घरमा ताला काटेर पनि चोरिन्छ । यसको अर्थ उनले लिएर आएको भारतीय बडीगार्ड देखेर त हामीले गर्भ गर्नु पर्ने थियो ।

कुनै पनि विषयको पक्ष र विपक्ष हुनु अस्वाभाविक भने हैन,चर्चा जति हुन्छ आलोचना त्यति नै हुन्छ उनले प्रयास मिडिया मार्फत म विवाहित हुँ भनेर सङ्केत गरेको जस्तै हिन्दु नारी त्यसमा पनि शास्त्र अरूलाई सिकाउने देवीले शास्त्रीय नियम अनुसार सिउँदोमा सिन्दूर लगाई दिएको भए, बिहेको बारेमा अनावश्यक प्रोपोगाण्डा मच्चाउनेहरूले ठाउँ पाउने थिएनन् ।

कथा वाचनको कार्यक्रम सकेर भारत फर्कनु अघि इन्द्रेणीमा उनले गाएको भक्ति गान अर्थात् भजनले झन् धेरै को मन छोयो । मन जित्यो सुरिलो स्वर चहकिलो आवाज र प्रष्ट शब्दले भरिएको त्यो भक्ति गान सुन्दा मन्त्र मुग्ध जो कोहीलाई पनि गराउँछ । काभ्रे जिल्ला आफैमा उर्वर र सृजनशील जिल्ला हो । यस जिल्लाको माटोको सुगन्ध लिने सौभाग्य मैले पनि प्राप्त गरेको थिए । देवी प्रतिभा जन्माउने काभ्रेको माटो लाई नमन गर्दै । उनीबाट भएको केही थान भुल लाई छाडेर उनले लगाएको हजारौँ थान गुनलाई हेर्ने र बुझ्ने हो भने प्रतिभाको प्रतिभा प्रति पक्कै मान र सम्मान हुने थियो।

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर