अखिल (क्रान्तिकारी) गोलन्जोर गाउँपालिका अध्यक्षमा बराल

ग्वाल्टार ।   अखिल (क्रान्तिकारी) गोलन्जोर गाउँपालिका कमिटीको अध्यक्षमा हेमराज बराल निर्वाचित भएका छन् ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका -३ ग्वाल्टारमा  शनिवार सम्पन्न दोस्रो गाउँपालिका सम्मेलनबाट बरालको अध्यक्षतामा २६ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित भएको हो ।

कमिटीको उपाध्यक्ष विजय सुनुवार, सचिव रुपा भुजेल, सहसचिव रोहन मगर र कोषाध्यक्ष अनिता बसेल सहित २६ सदस्यीय कमिटी निर्वाचित भएको अखिल क्रान्तिकारी सिन्धुलीका नेता विनोद जंग कार्कीले माईशिर डटकमलाई जानकारी दिए ।

दोस्रो पालिका सम्मेलन नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सचिवालय सदस्य तथा बागमती प्रदेशसभा सदस्य शुष्पा भुजेलले उद्घाटन गरेकी थिइन् ।

उद्घाटनमा  बागमती प्रदेश सचिवालय सदस्य ज्वाला प्रसाद न्यौपाने (पुकार), अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय भानुभक्त श्रेष्ठ, माओवादी बागमती प्रदेश  सदस्य केपी पोख्रेल, नेकपा माओवादी केन्द्र गोलन्जोर सह-इन्चार्ज सोम प्रसाद बराल, अध्यक्ष रोशन श्रेष्ठ र अम्बर दीप थापा  लगायतको उपस्थिति रहेको थियो ।

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर