सिन्धुलीबाट एकीकृत समाजवादीको तीन केन्द्रीय सदस्य 

सिन्धुली।  नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय सदस्यको टुंगो लगाएको छ। आज बसेको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिएको हो।

जसमा सिन्धुली जिल्लाबाट तीन जना नेताहरू केन्द्रीय कमिटीमा अटाएका छन् । गंगा नेपाल, सूर्य पाख्रिन र जानुका श्रेष्ठ केन्द्रीय समितिमा परेका छन् ।

गंगा नेपाल यस अघि कै पोलिटब्युरो सदस्य हुन् । सूर्य पाख्रिन र जानुका श्रेष्ठ जिल्लाबाट केन्द्रीय कमिटीमा नयाँ अनुहार हुन्। पाख्रिन सिन्धुली जिल्ला कमिटी अध्यक्ष पनि हुन् । सिन्धुलीमाढीमा भएको प्रथम जिल्ला अधिवेशन बाट पाख्रिन जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए।

त्यस्तै यसअघि केन्द्रीय सदस्य बनेकी  शान्ता पाख्रिन भने यो पटक केन्द्रीय कमिटीमा परेकी छैनन् ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर