तिर्दैनन् कर, सिन्धुलीका अवैध ‘क्रसर’ लाई कसको भर !

सिन्धुली  । सिन्धुलीको कमलामाई नगरपालिका भित्र बालुवा वासिङ प्लान्टको नाममा सञ्चालित  क्रसर उद्योग अवैध  रूपमा सञ्चालन भएको  पाइएको छ।

कमलामाई नगरपालिका राजश्व परामर्श समितिको साउन १३ गते बसेको  बैठकमा वासिङ प्लान्टको नाममा अवैधानिक रूपमा क्रसर सञ्चालन गरेको तथ्य खुलेको छ।

महालेखा परीक्षकको आर्थिक वर्ष २०७९/८० प्रतिवेदनमा अवैधानिक रूपमा सञ्चालित क्रसरहरूले  ढुंगा ,गिट्टी, बालुवा  उत्खनन गरेको  ६३ लाख १६ हजार ३०२ रुपैयाँ   राजश्व  असुल गर्न  निर्देशन दिएको छ ।  चन्दनपुरको भक्त वासिङ प्लान्टले १७ लाख ४५ हजार ९ ५२, डाँडी चौराहिमा रहेको सिन्धुली कन्ट्रक्सनले ११ लाख ३६ हजार ८०८ र करकरेको सि एस कन्सट्रकसन एण्ड कङ्क्रिट प्रोडक्सन प्रालिले १३ लाख ११ हजार ९१२ रुपैया राजश्व  तिरेको छैन ।

त्यस्तै कमलामाई नगर कार्यपालिका र राजश्व  परामर्श समितिले पटक- पटक मलेपले असुल उपर लेखेको राजश्व तिर्न र कम्पनीहरूको आन्तरिक लेखा परीक्षण सहित महत्त्वपूर्ण कागजपत्र उपलब्ध गराउन ताकेता गरेको भएपनि सञ्चालकहरूले राजनैतिक पहुँचको आडमा क्रसर सञ्चालन गरेको राजश्व परामर्श समितिको संयोजक मञ्जु देवकोटाले माईशिर डटकमलाई जानकारी दिइन् ।

‘ नगरपालिका भित्र सञ्चालित क्रसरहरूले विगत एक वर्षदेखि नविकरण तथा उत्खनन को कुनै अनुमति लिएको छैन । तर, करकरेमा बिपी राजमार्गको छेउमा नै भएको क्रसरमा कसको चैँ आँखा नपुगेको होला?  बालुवाको नाम गरेर गिट्टी उत्पादन गरेका छन्  उनले भनिन्।’ करकरेमा मात्रै होइन मदन भण्डारी राजमार्गको चन्दनपुर र डाँडी चौराही को पनि ताल उस्तै छ  उनले थपिन्। राजश्व परामर्श समयमा राजश्व न तिरेमा मापदण्ड पुरा नगरे नगर कार्यपालिकाले  निर्णय  गरेर सधैँका लागि बन्द गर्ने बताइन् ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर