कमलामा मावि जग्गा भाडा विरुद्धको रिटमा उच्चले दिएन अन्तरिम आदेश

सिन्धुली। सिन्धुलीको कमला माध्यमिक विद्यालय ढुंग्रेबासको जग्गा भाडा प्रकरणमा विरुद्ध विजेन्द्र ठाकुरले दायर गरेको रिटमा उच्च अदालत पाटनले अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश द्वय श्यामजी प्रधान र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।  अन्तरिम आदेश अस्वीकार भए सँगै  रिट  पूरक पेशीमा चढेको छ  ।

ठाकुरले विद्यालयको व्यवस्थापन समिति र प्रधानाध्यापकले विद्यालयको जग्गा तथा टहरा मनमौजी  हिसाबले भाडामा लगाई भाडा उठाई खाइरहेको र शिक्षा ऐन, २०२८ विपरीत भएकाले खारेजीको माग सहित उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेको थिए।

सरकारी जग्गा संरक्षण समितिको अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी, कमलामाई नगरपालिका मेयर, वडा अध्यक्ष, पूर्व तथा वर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापक विपक्षी बनाई उच्च अदालत पाटनमा २०८१ असार २६ गते रिट निवेदन दायर गरेको थियो।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर