कमला मावि ढुंग्रेबासको, जग्गा भडा प्रकरणको पेशी भोली
सिन्धुलीमाढी। सिन्धुलीको कमला माध्यमिक विद्यालय ढुंग्रेबासको जग्गा भाडा प्रकरणमा विरुद्ध परेको मुद्दाको पेशी भोलीको लागि तोकिएको छ।
विद्यालयको व्यवस्थापन समिति र प्रधानाध्यापकले विद्यालयको जग्गा तथा टहरा मनमौजी हिसाबले भाडामा लगाई भाडा उठाई खाइरहेको र शिक्षा ऐन २०२८ को दफा १५९ ले विद्यालयहरूको रेखदेख र व्यवस्थापन गर्ने जिल्ला शिक्षा समिति समेत आफ्नो दायित्वबाट विमुख भएको भन्दै,कमलामाई नगरपालिका-६ का जिवेन्द्र ठाकुरले २०८१ असार २६ गते उच्च अदालत पाटनमा शिक्षा ऐन विपरीत भएकाले खारेजीको माग सहित रिट दायर गरेका थिए।
यस रिटमा आइतबार उच्च अदालतका न्यायाधीश द्वय नारायण प्रसाद रेग्मी र सूर्य प्रसाद पराजुली को संयुक्त इजलासमा पेशी तोकिएको थियो। तर सरकारी पक्ष (सरकारी वकिल) लाई अदालतबाट खबर नपुगे पछि, छलफल पेशी स्थगित भएको थियो। आइतबार सरेको मुद्दाको पेशी भोली बिहिवार तोकिएको उच्च अदालत पाटनले जनाएको छ।
यो पनि पढ्नुस्।
भाग-२
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।