बागमती प्रदेशका मुख्यमन्त्री लामा र ९ जना मन्त्रीहरुको सपथग्रहण

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुको सपथग्रण भएको छ । हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री र मन्त्रीहरुको सपथग्रहण भएको हो । यस प्रदेशमा मुख्यमन्त्री बहादुर सिं लामा सहित  नौ जना मन्त्रीहरुले सपथग्रहण गरेका हुन् ।

नेकपा एमालेका छ जना मन्त्री र नेपाली कांग्रेसका ३ जना मन्त्रीहरुको सपथग्रहण गरिएको हो । बागमती प्रदेश प्रमुख यादब चन्द्र शर्माले मुख्यमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराए ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख कार्यालय हेटौँडा एक समारोह बिच कांग्रेस संसदीय दलका नेता लामालाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । नेपालको संविधानको धारा १६८ को २ अनुसार साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका लामा प्रदेशका पाँचौँ मुख्यमन्त्री हुन ।

एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित शपथ ग्रहण गरेका छन् ।

कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का, मदु कुमार श्रेष्ठले शपथ ग्रहण गरेका हुन । उनीहरूलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ ग्रहण गराएका थिए । उनीहरूको जिम्मेवारी तोकिएको छैन ।

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर