सिन्धुलीका भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’ मदन पुरस्कारको सूचीमा

सिन्धुली। मदन पुरस्कार गुठीले मदन पुरस्कार २०८० का लागि छनोट भएका पुस्तकहरूको सूची सार्वजनिक गरेको छ ।
गुठीले पुरस्कारका लागि सिन्धुलीका भक्त स्याङ्तानको डम्फुको आत्मालाप सहित पाँच कृतिहरू छनोट गरेको हो ।

छनोट भएका पुस्तकहरूमा सिन्धुलीको कमलामाई नगरपालिका -२ कुसुमटारका भक्त स्याङ्तानको डम्फुको आत्मालाप, जीवन क्षेत्रीको नुन-तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र रोशन थापा ‘नीरव’ को सन्त्रासका साठी दिन रहेका छन् । गुठीलाई कूल ३०४ पुस्तकहरू प्राप्त भएका थिए।

वि.सं. २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्‍जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ कृतिलाई मदन पुरस्कार अर्पण गरेको थियो।

मदन पुरस्कार गुठीले वि.सं. २०७२ देखि गुठीमा प्राप्त पुस्तकहरू मध्येबाट बढीमा दशवटा पुस्तकहरू छनोट गरी सूची सार्वजनिक गर्दछ। गुठीको नियमानुसार अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकहरूलाई छनौटको एउटा आधार बनाइन्छ ।

छनोटमा परेका पुस्तक मध्ये एकलाई श्रेष्ठ कृतिका रूपमा मदन पुरस्कार अर्पण गरिन्छ । २०७५ सालबाट पुरस्कार राशि चार लाख रुपैयाँ रहेको छ ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर