त्रिवि स्नातक तहको सबै संकायका प्रश्नपत्र अब अंग्रेजी र नेपाली दुवै भाषामा

त्रिभुवन विश्वविद्यालय स्नातक तहको प्रश्नपत्र अब अंग्रेजी र नेपाली दुवै भाषामा हुने भएको छ।

चैत १५ गते बसेको प्राज्ञिक परिषद स्थायी समितिको बैठकले अंग्रेजी र नेपाली दुवै भाषामा सोधिने व्यवस्था गर्ने निर्णय गरेको हो।

विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाका अनुसार स्नातक तह पहिलो वर्षको आउँदो परीक्षाबाटै प्रश्नपत्रमा अंग्रेजीका साथै नेपाली भाषामा पनि उल्लेख हुने निर्णय कार्यान्वय गरिनेछ।

त्यसपछि दोस्रो, तेस्रो र चौथो वर्षको परीक्षाको प्रश्नपत्रमा लागु गरिनेछ।

यसअघि प्रश्नपत्र अंग्रेजी भाषामा हुन्थ्यो।

सरोकारवालाहरूले अंग्रेजीका साथै नेपाली भाषा पनि उल्लेख गर्न माग गर्दै आएका थिए।

भाषाकै कारण विद्यार्थीहरू विद्यार्थीहरूको नतिजामा असर गरेको भन्दै नेपाली भाषा पनि राख्न माग गरिएको थियो।

सोअनुसार त्रिविले अब स्नातक तहको सबै संकायमा अंग्रेजीबाहेक अन्य विषयका प्रश्नपत्रमा अंग्रेजीसँगै नेपाली भाषामा पनि उल्लेख रहने निर्णय गरेको हो।

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर