सिन्धुलीमा ६ महिनामा मानवअधिकार उल्लंघनका ६७ घटना

सिन्धुली । सिन्धुलीमा ६ महिनामा मानवअधिकार उल्लंघन तथा ज्यादतीका ६७ वटा घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको छ ।

सोमबार आयोजित अर्धवार्षिक समीक्षा कार्यक्रममा इन्सेकले जिल्लामा पुसदेखि असारसम्म जिल्लामा ६७ वटा मानवअधिकार उल्लंघनका घटना भएको तथ्याङ्क सार्वजनिक गरेको हो ।

इन्सेक सिन्धुलीले सार्वजनिक गरेको प्रतिवेदनमा पुरुषभन्दा महिला बढी पीडित भएको खुलेको छ । राज्य पक्षबाट एक वटा र अन्यबाट ६५ वटा घटना भएको इन्सेक प्रतिनिधि नविनबाबु अधिकारीले बताए।

उनका अनुसार जिल्लामा पुष १६  देखि असार १६ सम्ममा बाल अधिकार सम्बन्धी १० वटा घटना भएका छन् भने महिलासँग सम्बन्धित ५७ वटा घटना भएका छन् । जसमा १० जना बालिका र ५७ जना महिला पीडित भएका छन् । जसमा बालिका बलात्कारका ६ वटा, यौन दुर्व्यवहार १ र बलात्कार प्रयासका २ वटा घटना र बेचबिखन १ घटना भएको इन्सेकले जनाएको छ ।

यस्तै महिला अधिकारतर्फ घरेलु हिंसा ४९, हत्या १, बलात्कार प्रयास ३, बेचबिखन १ र बहुविवाहका ३ वटा घटना भएको इन्सेकले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

गत वर्षको ६ महिनामा जिल्लामा ४९ वटा घटना भएका थिए । राज्य पक्षबाट १ वटा घटना भएको र अन्य सबै घटना गैह्र राज्य पक्षबाट भएको समेत इन्सेकले जनाएको छ ।

समीक्षा कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले मानवअधिकारसँग सम्बन्धित घटना कम हुनु र राज्य पक्षबाट हुने घटना कम हुनु राज्यका लागि गौरवको कुरा भएको बताए । उनले मानवअधिकार उलंघन र हननका घटना कम गर्न सबैको जिम्मेवारी रहेको बताए ।

 

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर