दुम्जाको कुशेश्वर विद्यापीठमा वृक्षारोपण

दुम्जा ।सिन्धुलीको सुनकोशी गाउँपालिका-१ दुम्जामा रहेको कुशेश्वर विद्यापीठमा वृक्षारोपण गरिएको छ।

पानीपोखरी युवा क्लबले “रोपौँ यसपालि, आगौं हरियाली” भन्ने नाराका साथ वृक्षारोपण गरेको हो।

शनिवार कुशेश्वर विद्यापीठ मावि प्रांग सहित दुम्जाका विभिन्न सार्वजनिक स्थान तथा वनमा करिब चार सय विभिन्न प्रजातिका बिरुवा रोपिएको पानीपोखरी युवा क्लबका अध्यक्ष रोशन तोलङ्गेले जानकारी दिए।

क्लबका अध्यक्ष तोलाङ्गेले वृक्षारोपणको सुरुवात र अगुवाइ क्लबले गरे पनि यसको संरक्षण रेखदेखमा सम्पूर्ण समुदायले समेत अपनत्व लिएर सहयोग गर्नुपर्ने दायित्व रहेको र त्यो साथ सहयोग पाउने कुरामा आफू विश्वस्त रहेको समेत बताए । साथै  यो सुरुवात भएको र सुरुवाती कदम बाट धेरै कुरा सिक्ने अवसर समेत मिलेकोले आगामी वर्षहरूमा समेत यो कार्यलाई सुधार गर्दै  निरन्तरता दिइने प्रतिबद्धता जनाए ।

डिभिजन वन कार्यालय सिन्धुलीले निःशुल्क उपलब्ध गराएको बिरुवा सदरमुकाम देखी दुम्जासम्म ढुवानीको प्रबन्ध कुमारी बैंक लिमिटेड शाखा कार्यालय सिन्धुलीका शाखा प्रबन्धक एवम् स्थानीय  सुबोध कोइरालाले गरेका थिए।

वृक्षारोपण कार्यक्रममा सुनकोशी गाउँपालिका-१ वडा अध्यक्ष रामकुमार श्रेष्ठ,  कार्यपालिका सदस्य डेना कोइराला, कुशेश्वर विद्यापीठ माविका प्रधानाध्यापक विनोद  कोइराला नेपाल रेडक्रस सोसाइटी कुशेश्वर दुम्जा उपशाखा सभापति रूपक श्रेष्ठ विभिन्न राजनीतिक दलका प्रतिनिधि क्लबका सदस्यहरू तथा स्थानीयको सहभागिता रहेको  थियो  ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर