सिन्धुली खुर्कोटमा माइक्रो बस दुर्घटना हुँदा ११ जना घाइते

खुर्कोट । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ स्थित वीपी राजमार्गमा माइक्रो बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

वीपी राजमार्गअन्तर्गत सुनकोशी मरिण डाइभर्सन क्षेत्र नजिक सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको माइक्रो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । माइक्रो सडकबाट करिब ३० मिटर तल खस्दा ११ यात्रु घाइते भएका थिए ।

घाइतेमध्ये गाडी चालक सर्लाहीको बागमती नगरपालिका- २ घर भएका ३८ वर्षीय रुपलाल राउतलाई बढी चोट लागेको प्रहरीले जनाएको छ। उनलाई सिन्धुलीकै शुभजीवन अस्पतालमा सामान्य उपचार गरेर थप उपचारको लागि काठमाडौँको ट्रमा सेन्टरमा रेफर गरिएको छ।

बाँकी १० जना घाइतेको शुभजीवन अस्पताल र सुनकोसी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर