गोलन्जोरमा जारी दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगितामा उपाधिको लागी भोलि यी टिम भिड्दै

सिन्धुली । जिल्लाको गोलन्जोर गाउँपालिकामा आयोजना भइरहेको दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ को फाइनल खेल भोलि बिहान वडा नं. ४ को खोकलिङ खेलमैदानमा हुनेछ । यस फाइनल खेलमा वडा नं. ४ तीनकन्या र वडा नं. ७ खुर्कोटका टोलीहरू आमने–सामने हुनेछन् ।
सेमिफाइनलमा तीनकन्याले वडा नं ३ लाई तीन गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ भने वडा नं ७ खुर्कोटले पनि १ गोलले वडा नं २ लाई पराजित गरेर जित हासिल गरी फाइनलमा पुगेको छ । दुवै टोलीहरूले भोलि बिहान ९ बजे हुने फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
गाउँपालिका प्रमुख, स्थानीय नेतृत्व र खेल प्रेमीहरूको उपस्थितिमा यो रोमाञ्चक फाइनल खेल हुनेछ ।
फाइनल खेलको उपाधि विजेतालाई ६२ हजार ५ सय नगद पुरस्कार र शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यसरी नै उप–विजेतालाई पनि ३७ हजार ५ सय नगद शिल्ड मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ । भने, तेस्रो हुने टिमलाई २५ हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने खेलकुद विकास समितिका अध्यक्ष रञ्जित देवकोटाले जानकारी दिए । देवकोटाको अनुसार तेस्रो स्थानको लागि भोलि बिहान ६ बजे वडा नं २ बितिजोर र वडा नं ३ ग्वाल्टार प्रतिस्पर्धा गर्नेछन् ।
त्यसै गरी, उत्कृष्ट गोल कर्ता, उत्कृष्ट गोल रक्षक र उत्कृष्ट खेलाडी लाई तीन / तीन हजार पुरस्कारको साथमा प्रमाणपत्र प्रदान गरिने छ । पालिकाको ७ वटा वडा र १ कर्मचारीको टिम गरी खेलमा ८ वटा टिम को सहभागिता रहेको थियो ।
प्रतियोगिताको गाउँपालिका अध्यक्ष शङ्कर राज बराल र उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने ( पुकार) ले बिहीबार उद्घाटन गरेका थिए ।

स्थानीय खेलाडीहरूको सहभागिता र उत्साहले यस प्रतियोगितालाई सफल बनाउने अपेक्षा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।
प्रतिक्रिया