जीवन विकास लघुवित्त वित्तीय संस्था सिन्धुलीको केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सिन्धुली । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड सिन्धुलीको केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । लघुवित्तको शाखा कार्यालय सिन्धुलीको आयोजनामा भएको गोष्ठि आज सोमबार सम्पन्न भएको हो ।

कार्यक्रममा कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाले आफ्नो क्षमता र आवश्यकता अनुसार ऋण लिई ऋणको सही सदुपयोग गर्न सदस्यहरुलाई आग्रह गरिन् ।

कार्यक्रममा तालिम विभागकी विभागीय प्रमुख रन्जना निरौलाले कार्यक्रमको उदेश्य, जीवन विकासले गरिरहेको कार्य लगायत अन्य बिषयमा जानकारी दिईन् ।

कार्यक्रममा विपन्न तथा जेहेन्दार ५ जना सदस्यका एक एक जना छोराछोरीहरुलाई शैक्षिक सामाग्रीको साथमा छात्रवृत्ति प्रदान गरिएको थियो भने जीवन विकास संग जोडिएर कारोबार गर्ने बचत कर्ता, असल ऋणी, उद्यमी, एटिएम प्रयोगकतालार्ई सम्मान गरिएको थियो ।

जीवन विकास लद्युवित्त वित्तीय संस्था लिमिटेड सिन्धुली शाखाको १ सय ३४ केन्द्रमा २६ सय ७७ जना सदस्यहरु रहेका छन् भने जिल्लाको कमलामाई नगरपालिका, गोलन्जोर र तीनपाटन गाउँपालिका यसका कार्यक्षेत्रहरु हुन् ।

आन्तरिक लेखा परीक्षण विभागका प्रमुख विनोद प्रसाद शाहको अध्यक्षता तथा कमलामाई नगरपालिकाकी उपप्रमुख देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संचालन जीवन विकास लघुवित्त वित्तीय संस्थाका जिल्ला प्रमुख गायत्री पोखरेलले गर्नु भएको थियो ।

कार्यक्रममा कमलामाई नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष उज्जवल कुमार थापा, वडा नम्बर ५ का वडा अध्यक्ष पुर्ण बहादुर थापा, संस्थाका केन्द्र प्रमुख तथा उपप्रमुखहरु, प्रतिनिधि, सदस्य, अभिभावकहरु लगायत संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर