सिन्धुलीमा पहिलो पटक आन्द्रा प्वाल परेको अप्रेसन सफल

सिन्धुलीमाढी । सिन्धुलीमा पहिलो पटक आन्द्रामा प्वाल परेको बिरामीको अप्रेसन कार्य सफल भएको छ ।

सिन्धुली अस्पतालले सर्लाहीका ३४ वर्षीय एक पुरुषको पहिलो पटक सफल अप्रेसन गरेको अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा. अभिषेक थपलियाले जानकारी दिए।

सिन्धुली अस्पतालको जनरल सर्जरी टिमका डाक्टरहरू डा. दिन्जुल कटुवाल र डा. विनय चौधरीले र अनेस्थेसियाका डा. प्रशान्त सिलवालको टिमले बिरामीको आन्द्रामा प्वाल (Peptic Ulcer Perforation) को सफल अपरेसन गरे सँगै सिन्धुली अस्पतालले महत्त्वपूर्ण सफलता हासिल गरेको छ ।

सिन्धुली अस्पतालको जनरल सर्जन डा. दिन्जुल कटुवाल ले माईशिर डट्कमसंग भने,’ यो अपरेसनको नाम हो “Exploratory Laparotomy with Modified Graham’s Patch Repair।” यसमा, पेट चिरेर बिरामीको आन्द्रामा परेको प्वाललाई टाल्ने काम गरिन्छ।’

आइतबार दिउँसो सिन्धुली अस्पतालको इमर्जेन्सीमा आएका पेट दुखेर उपचार गर्न आएका बिरामीको जाँच गर्दा आन्द्रामा प्वाल परेको देखिएको थियो । आन्द्रामा प्वाल देखिएपछि सोही दिन बिरामीको आपत्कालीन अपरेसन गरिएको अस्पतालले जनाएको छ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर