कमलामाई – १२ ले चुम्यो, नगर स्तारीय  शिक्षक भलिबलको उपाधि

सिन्धुली ।  सिन्धुलीमाढीमा सञ्चालित कमलामाई नगरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता -२०८१ को उपाधि वडा नं. १२ ले जितेको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन कमलामाई नगर समितिको आयोजनामा सिन्धुलीमाढी खुलामञ्च खेलमैदानमा आज सोमबार सम्पन्न कडा प्रतिस्पर्धा अनि रोमाञ्चक फाइनल खेलमा वडा नं ६ (क) लाई २५–१८, २५–१९, २४–२६ र २५–१९  अर्थात् ३-२ को सेटमा पराजित गर्दै वडा नं -१२ रानीचुरीले उपाधि जितेको हो ।

उपाधि संगै उसले नगद २०  हजार, कप, मेडल प्रमाणपत्र हात पार्‍यो । फाईनलमा सम्मानजक हार ब्यहोरेको वडा नं ६  उपबिजेतामा सीमित रहँदै नगद २५ हजार, कप, मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।

त्यस्तै कमलामाई ११ तृतीय भयो । उसले नगद १० हजार कप,मेडल तथा प्रमाणपत्र हात पार्‍यो ।कमलामाई -१२ का  ईश्वरराज दाहाल उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा  कमलामाई नगरपालिका भित्रका ११ वटा शिक्षक समूहले भाग लिएका थिए ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर