सिन्धुलीका ४ क्याम्पसमा रोकियो, स्ववियु निर्वाचन !

सिन्धुलीमाढी । सिन्धुलीका ४  क्याम्पसमा चैत ५ गते  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु )निर्वाचन नहुने भएको छ।

नेपाली कांग्रेस निकट नेविसंघले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा उजुरी दिएपछि  एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल  क्रान्तिकारीले गठबन्धन गरेको सुनकोशी क्याम्पस, भीमज्योति शिक्षा क्याम्पस खुर्कोट, सिद्धज्योति शिक्षा क्याम्पस फोस्रेटार र गौमति बहुमुखी  क्याम्पस माढीबजारमा चैत ५ गतेका लागि तय भएको मितिमा निर्वाचन सम्भव नभएपछि ९ गतेका लागि  तोकिएको प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयमा आज साँझ  विद्यार्थी संगठन तथा राजनीतिक दलका नेताहरूसँग भएको छलफलबाट चैत ९ गतेका लागि निर्वाचनको मिति तय गरेको हो ।

यता मरिण बहुमुखी क्याम्पस कपिलाकोट, सरस्वती क्याम्पस डकाहा र कमला बहुमुखी क्याम्पस दुधौलीमा भने चैत ५ (भोली) निर्धारित मिति मै चुनाव हुने भएको छ ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर