सरकारमा जान छलफल सुरू भएको राजन दाहालको भनाइमा प्रचण्ड सचिवालयको खण्डन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारमा रहेका पार्टीका प्रमुखसहित कुनै पनि नेतासँग सरकारमा जाने विषय र अन्य कुनै विषयमा कुराकानी नभएको स्पष्ट पारेको छ ।

अहिले सरकारमा जाने माओवादीको नीति नगरेको अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी गराएका हुन् ।

उनका अनुसार सरकारले गरिरहेको बेथिति र गलत क्रियाकलापको बिरोध र गणतन्त्र र संविधानको कार्यान्वयनका लागि माओवादीको खबरदारी जारी रहने छ ।

प्रमुख स्वकीय सचिव आचार्यले भने, ‘सरकारमा जाने बारे वा अन्य विषयमा सरकारमा रहेका पार्टीका प्रमुखसहित कुनै पनि नेतासंग अध्यक्ष प्रचण्डको कुराकानी नभएको व्यहोरा जाननकारी गराउँदछु । अहिले सरकारमा जाने माओवादीको नीति नरहेको पनि जानकारी गराउँछु । सरकारले गरिरहेको बेथिति र गलत क्रियाकलापको बिरोध र गणतन्त्र र संविधानको कार्यान्वयनका लागि माओवादीको खबरदारी जारी रहनेछ ।’

आइतबारमात्र माओवादीका सांसद लेखनाथ दाहालले गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको भन्दै प्रारम्भिक छलफलसमेत सुरू भएको बताएका थिए ।

संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग उनले गणतन्त्र पक्षधरको सरकार बनाउने प्रक्रियामा एमालेभन्दा कांग्रेससँग बढी छलफल हुने बताएका थिए ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर