फिक्कलमा तीन महिने सिलाइकटाई तालिम सुरु

सिन्धुली । फिक्कल गाउँपालिका -६ मा महिलाहरूका लागि तिन महिने निःशुल्क सिलाई कटाई तालिम सञ्चालन गरेको छ । फिक्कल गाउँपालिकाको आयोजनामा तीन महिने सिलाई कटाई तालिमको आइतबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
गाउँपालिकाको आयोनामा गृहिणी महिला सशक्तीकरणको लागि फिक्कल गाउँपालिका- ६ शिलङ्गेमा सिलाई कटाई तालिम सुरु भएको हो ।
तालिमको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले उद्घाटन गरेका हुन् । तालिमको उद्घाटन गर्दै बरालले प्रतिस्पर्धात्मक युगमा आय आर्जन मूलक सीप अति आवश्यक रहेको बताएका थिए ।
तालिममा १८ जना गृहिणी महिला सहभागी रहेको गाउँपालिकाका प्रवक्ता कुलेन्द्र रानाले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।
प्रतिक्रिया