बीपी राजमार्गको ‘नेपालथोक–बर्खेखोला खण्ड’ पुनर्निर्माण गर्न ठेक्का आह्वान

काठमाडौं । सरकारले बीपी राजमार्ग  सिन्धुलीको नेपालथोकदेखि बार्खेखोला खण्ड पुनर्निर्माण गर्न ठेक्का आह्वान गरेको छ ।

सडक विभागले आज बुधबार उक्त खण्डको ठेक्का आह्वान गरेको हो ।

गत असोजमा आएको बाढी–पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको आपतकालीक सडक सुरक्षा तथा स्तरोन्नति गर्न ठेक्का आह्वान भएको विभागले जनाएको छ । यो खण्ड विस्तारमा ७२ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ ।

सरकारले बीपी राजमार्गको सबै खण्डको यसै साता ठेक्का आह्वान गरिसक्ने तयारी गरेको छ । विभागका महानिर्देशक रामहरि पोखरेलले यो साता सबै खण्डको ठेक्का निकालिने जानकारी दिए ।

अर्थ मन्त्रालयले यो राजमार्गको पुनर्निर्माणका लागि साढे ८ अर्ब रुपैयाँ स्रोत सुनिश्चितता गरेसँगै विभागले अहिले धमाधम ठेक्का लगाउन थालेको हो ।

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर