खाङ्गसाङ प्रहरी चौकी अब आफ्नै भवनमा

सिन्धुली । स्थानीय नागरिकहरूको सुरक्षा र सुविधालाई ध्यानमा राख्दै सिन्धुलीको फिक्कल गाउँपालिका–४ खाङ्गसाङ्ग प्रहरी चौकी भाडाको घरबाट आफ्नै नवनिर्मित भवनमा सरेको छ ।
बागमती प्रदेश सरकारका आन्तरिक मामिला एबम् कानुन मन्त्री सुरजचन्द्र लामिछाने र बागमती प्रदेश प्रहरी नायब महानिरीक्षक कृष्णहरि शर्माले संयुक्त रुपमा प्रहरी चौकीको नवनिर्मित भवनको उद्धघाटन गरेका थिए ।
बागमती प्रदेश सरकारको ३ करोड ४६ लाख २१ हजार ५ सय चौबीस रुपैयाँ २० पैसा लागतमा आर आर बिल्डर्स चरिकोट दोलखाले २०८० असोज १५ गते निर्माण सम्झौता गरेको थियो ।
समारोहमा उपस्थित फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले यस चौकीले सामुदायिक सुरक्षा र प्रहरी–जनता सम्बन्धलाई अझ मजबुत बनाउने बताउँदै योजनाबद्ध रूपमा सुरक्षा व्यवस्था अभिवृद्धि गर्ने बताइन् ।
स्थानीय बासिन्दाहरूले पनि यस नयाँ प्रहरी चौकीको स्थापनालाई सकारात्मक रूपमा लिँदै यसले क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाउने आशा व्यक्त गरेका छन् ।
प्रहरी चौकीको भवन उद्घाटन कार्यक्रममा बागती प्रदेश कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्णहरी शर्मा, फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवार, प्रमुख जिल्ला अधिकारी लिला प्रशाद शर्मा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यो प्रहरी चौकी स्थानीय बासिन्दाहरूको सुरक्षा, अपराध नियन्त्रण र आपत्कालीन सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्यले निर्माण गरिएको हो । प्रहरीको उपस्थिति बढाउनुका साथै अपराधिक गतिविधिहरू नियन्त्रण गर्न पनि मद्दत गर्ने अपेक्षा छ ।
प्रहरी चौकीको निर्माण र उद्घाटनले सरकारले सुरक्षा क्षेत्रमा गरिरहेको प्रयासहरूको एक महत्वपूर्ण पाइला हो भन्ने मान्यता व्यक्त गरिएको छ । भने मध्यपहाडी लोकमार्गको सुरक्षा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।