सिन्धुलीमा घाँटी थिचेर १७ वर्षीया श्रीमतीको हत्या, श्रीमान् पक्राउ

सिन्धुली । सिन्धुलीमा श्रीमानले श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन् । जिल्लाको दुघौली नगरपालिका–८ कछुवाखाडीमा घरको भान्सा कोठामा झगडा हुँदा २२ वर्षीय दिनेश सदाले १७ वर्षीया श्रीमती अनिशा सदाको हत्या गरेको प्रहरीले जनाएको छ ।

गएराति हत्या भएको र स्थानीयले सोमबार प्रहरीलाई खबर गरेपछि श्रीमान् दिनेश पक्राउ परेका छन् । स्थानीयका अनुसार झगडा हुँदा आवेशमा आएर घाँटी थिचेर हत्या दिनेशले बताएका थिए ।

श्रीमान् सदालाई इलाका प्रहरी कार्यालय डकाहाको टोलीले पक्राउ गरी थप अनुसन्धान भइरहेको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए । उनीहरूको एक वर्षअघि विवाह भएको थियो ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर