प्रेस चौतारी बागमती प्रदेश सचिवमा सिन्धुलीका घिमिरे निर्वाचित

सिन्धुली । प्रेस चौतारी नेपाल बागमती प्रदेश सचिवमा सिन्धुलीका लक्ष्मण घिमिरे सहित दुई सदस्य निर्वाचित भएका छन् ।
प्रेस चौतारी नेपाल बागमती प्रदेश समितिको फागुन ११ र १२ गते चितवनमा सम्मपन दोस्रो अधिबेशनबाट सचिवमा सिन्धुलीका घिमिरे सहित सदस्यहरुमा रविन्द्र भट्टराई र दीपा भण्डारी र्निविरोध निर्वाचित भएका हुन् । सचिवमा निर्वाचित घिमिरे सिन्धुली सदरमुकाम सिन्धुलीमाढी स्थित रेडियो सिन्धुलीगढीका अध्यक्ष समेत हुन् । त्यस्तै समितीको अध्यक्षमा तिलकराम रिमाल निर्वाचित भएका छन् । भने उपाध्यक्षमा प्रज्ज्वल पौडेल, तारादेवी बस्नेत, महासचिव प्रकाश दाहाल, कोषाध्यक्ष रामशरण दुलाल, सचिव लक्ष्मण घिमिरे, गोविन्द घिमिरे, भोला पौडेल, नवराज श्रेष्ठ, रूपक कोइराला र जगत तामाङ निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यमा दीपेन्द्र अधिकारी, राजेश घिमिरे, आरती ढकाल, कविराज ढकाल, विवश अधिकारी, राजाराम डङ्गोल, दीपक बिक्रम देउजा, पुरुषोत्तम रिजाल,रविन ढुङ्गाना, दीपा भण्डारी, रविन्द्र भट्टराई, देवराज सुवेदी, रुपक कालिराज, अमिर रामदाम, सुदिप अधिकारी, रामेश्वर रिजाल र सुनिता विष्ट निर्वाचित भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।