हरिहरपुरगढी – सिन्धुलीगढी एकीकरण पदयात्रा सेनाले सुरु गर्‍यो !

सिन्धुली। नेपाली सेनाले सिन्धुलीको ऐतिहासिक स्थल हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्मको पदयात्रा सुरु गरेको छ ।

सिन्धुली स्थित नेपाली सेनाको भवानी बक्स गणको आयोजना तथा हरिहरपुरगढी गाउँपालिकाको समन्वयमा बुधवार (आज) एक समारोहका बिच पदयात्रीहरूलाई बिदाइ गरिएको छ।

पदयात्रामा निस्किएको टोलीलाई श्री नं. ९ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी युवराज कार्की, भवानी बक्स गणका गणपति प्रमुख सेनानी बद्री कुँवरले  गणको झण्डा तथा हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईवाले राष्ट्रिय झण्डा हस्तान्तरण गरेर बिदाइ गरेका थिए।

नेपाल एकीकरणको समयमा प्रयोग भएका ऐतिहासिक गढी,  किल्ला तथा पदमार्गहरूको संरक्षण, पर्यटन प्रवर्द्धन, प्रचारप्रसार गर्नुका साथै पुर्खाको सम्मान गर्ने उद्देश्यले पदयात्रा गरिएको नेपाली सेनाले जनाएको छ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ स्थित हरिहरपुरगढी किल्लादेखि पदयात्रामा हिँडेका ४५ जनाको सेनाको टोली आठ दिनमा ७५ किलोमिटर दूरीको पदयात्रा गरेर फागुन १४ गते महाशिवरात्रि तथा सेना दिवसको अवसरमा ऐतिहासिक सिन्धुलीगढी पुगेर समापन गरिने सेनाले जनाएको छ ।

उक्त कार्यक्रम जिल्लाका प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्मा, हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबा, ,श्री नं. ९ वाहिनी अड्डाका बाहिनीपति युवराज कार्की, भवानी बक्स गणका गणपति बद्री कुँवर,  श्री नं. ९ वाहिनी अड्डा अन्तरगतका युनिटपतिहरु, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, जिल्ला स्थित सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधि, जिल्ला स्थित जनप्रतिनिधि, विद्यार्थी तथा स्थानीय व्यक्तिहरूको सहभागिता रहेको थियो ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर