खट्टार शहरी स्वास्थ्य क्लिनिकमा उपयुक्त भवनको अभावले सेवा प्रवाहमा गम्भीर समस्या 

सिन्धुली । शहरी क्षेत्रमा स्वास्थ्य सेवा पुगाउन कमलामाई नगरपालिका-४ साँङ्वालेमा स्थापना गरिएको खट्टार शहरी क्लिनिक उपयुक्त भवनको अभावले सेवा प्रवाहमा गम्भीर समस्या उत्पन्न भएको छ। यसले नागरिकहरूलाई आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्न अवरोध पुर्‍याएको छ।

सिन्धुली सदरमुकामबाट दुरीका हिसाबले ३ किलोमिटर नजिकै रहेको भए पनि खट्टार शहरी क्लिनिकमा राज्यले तोकेको मापदण्ड अनुसार भवन नहुँदा सबै सेवा प्रवाह एउटै कोठाबाट गर्नुपर्ने स्वास्थ्यकर्मीहरूको बाध्यता रहेको छ।

मङ्गलवार प्लान इन्टरनेशनल नेपालको साझेदारीमा ह्याण्डस नेपाल सिन्धुलीले सञ्चालन गरेको युवा आबद्धताद्वारा स्थानीय तहको जबाफदेहिता अभिवृद्धि परियोजनाको लक्षित समूह अन्तर्गतको छलफलमा स्थानीय निवासीहरूले क्लिनिकहरूमा धेरै भिडभाड, असुविधाजनक अवस्था र सेवा प्रदान गर्न अप्ठ्यारो हुने समस्याको सामना गरिरहेको बताएका छन्। उनीहरूले सरकार र सम्बन्धित निकायहरूलाई यस विषयमा तत्काल ध्यान दिन माग गरेका छन्। हाल: उपयुक्त भवन नहुँदा, ‍औषधी कक्ष, परामर्श कक्ष, उपचार कक्ष र चिकित्सा कक्ष समेत एकै ठाउँमा राखेर सञ्चालन गर्नु परेको छ ।

स्वास्थ्यकर्मीहरूले पनि भवनको अभावले गर्दा क्लिनिकहरूले प्रभावकारी रूपमा सेवा प्रदान गर्न नसक्ने बताएका छन्। उनीहरूले यो समस्या समाधान गर्न उचित भवन निर्माण गर्न आवश्यक कदम चाल्न नगरपालिकालाई आग्रह गरेका छन्।

एक स्थानीय निवासी मञ्जु श्रेष्ठले भनिन्, ‘क्लिनिकमा जाँदा धेरै समय लाग्छ, र भवनको अभावले गर्दा धेरै असुविधा हुन्छ। सरकारले यसो बेला यस विषयमा ध्यान दिनुपर्छ।’


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर