चियाबारी ‘त्र्यम्बकेश्वर ज्योतिर्लिङ्ग’मा जगद्गुरु बालसन्त मोहनशरणद्वारा श्रीमद्भागवत प्रवचन हुने

सिन्धुलीमाढी । नेपालका प्रथम जगद्गुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य विशेष उपस्थितिमा सिन्धुलीको कमलामाई नगरपालिका-२ चियाबारी त्र्यम्बकेश्वर ज्योतिर्लिङ्ग मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ लगाइने भएको छ ।
चियाबारी देखि २ किमी माथि रहेको गौमती तटमा अवस्थित त्र्यम्बकेश्वर ज्योतिर्लिङ्ग फागुन ७ गतेदेखि १५ गतेसम्म हुने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुने पत्रकार सम्मेलन गरेर आयोजकले जानकारी दिएको छ।
सिन्धुलीमाढीमा आइतबार पत्रकार सम्मेलन मार्फत मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर मगरले जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य मुखारविन्दुबाट कथा प्रवचन बताए । उनले, भागवत सप्ताह महायज्ञमा १५ सयदेखि १७ सयसम्म भक्तजनहरू बस्न मिल्ने गरी स्थानको व्यवस्था गरेको र बाहिरी जिल्लाबाट आउने भक्तजनहरूको लागि बासको व्यवस्था, प्राथमिक उपचार साथै एम्बुलेन्सको सुविधा र अशक्त तथा ज्येष्ठ नागरिकका लागी सिन्धुलीमाढीबाट मन्दिरसम्म हरेक दिन गाडीको व्यवस्था गरिएको जानकारी दिए ।
त्यसै गरी कमलामाई नगरपालिकाका निवर्तमान मेयर खड्ग खत्रीले सप्ताह ज्ञान महायज्ञ आवश्यक तयारी पुरा भएको बताए । खत्रीका अनुसार, फागुन ७ गते बुधवार सिन्धुलीमाढी स्थित २ नं. बजार भीमसेन मन्दिरबाट कलश यात्रा सहित झाँकी, नौमती बाजा लिएर नगर परिक्रममा गरी चियाबारी मा रहेको त्र्यम्बकेश्वर ज्योतिर्लिङ्ग मन्दिर प्राङ्गण पुग्ने छ। साथै, उनले त्र्यम्बकेश्वर ज्योतिर्लिङ्गलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास हुँदै गएकाले थप प्रचारप्रसारका लागी सहयोग गरिदिन सम्पूर्ण जिल्लावासी, सञ्चारकर्मी लगायत सम्बद्ध सबैलाई आग्रह गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।