कर्मचारी संगठन बागमती प्रदेश सचिवमा सिन्धुलीका तिमल्सिना र प्याकुरेल निर्वाचित

सिन्धुली । नेपाल निजामती कर्मचारी संगठनको बागमती प्रदेश सचिवमा सिन्धुलीका दीपक तिमल्सिना र प्रभुनाथ प्याकुरेल निर्वाचित भएका छन् ।
कर्मचारी संगठन बागमती प्रदेश समितिको हेटौँडामा शनिवार सम्पन्न दोस्रो अधिवेशनबाट तिमल्सिना र प्याकुरेल कार्यसमिति सचिवमा निर्वाचित भएका हुन् ।
सम्मेलनबाट अध्यक्षमा वरुण कुमार साह, उपाध्यक्षमा प्रमीला रेग्मी र राजेन्द्र कुमाल, महासचिवमा टेकनाथ काफ्ले, सचिवमा पवन कुमार ठाकुर, दीपक तिमल्सिना र प्रभुनाथ प्याकुरेल निर्वाचित भएका छन् । कोषाध्यक्षमा भने, लोकराज न्यौपाने रहेका छन् ।
त्यस्तै सदस्यहरूमा घनश्याम सिलवाल, सुदर्शन बजगाईँ, राजेन्द्र बहादुर जिसी, रमेशनाथ उपाध्याय, केशव शर्मा, मीन बहादुर थापा, महेश कुमार श्रेष्ठ, दीपेन्द्र चौधरी, तिलक राई, खम्बु बोहोरा, प्रदीप फुयाँल , रवीन्द्र प्रसाद कँडेल र अमर बहादुर तामाङ निर्वाचित भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।