सिन्धुलीमा ईभी गाडी दुर्घटना, १ जनाको मृत्यु, ५ घाइते

२५ माघ २०८१, सिन्धुलीमाढी । सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ मा आज बिहानीपख भएको इभी गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
बिहान करिब ४ बजेको समयमा खनियाखर्कमा भएको गाडी दुर्घटनामा एक जनाको चालक २६ बर्षको सुसान्त नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । भने ५ जना घाइतेको उद्धार गरी सिन्धुलीमाढी सिस्थित सिन्धुली अस्पतालमा उपचार भईरहेको छ ।
घटनास्थलमा पुगेका प्रहरीका अनुसार, झापाबाट काठमाडौँ जाँदै गरेको बा.१.०३० च ९६४२ नम्बरको इभी गाडी दुर्घटना भएको हो ।
सडकबाट गाडी करिब ४ सय मिटर तल खसेको छ । चालक निदाएका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।
#थप विवरण आउन बाँकी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।
प्रतिक्रिया