सिन्धुली बहुमुखी क्याम्पसमा ‘शारदामणि स्मृति कप’ सुरु
१३ माघ २०८१, सिन्धुली । सिन्धुली बहुमुखी क्याम्पसमा ‘शारदामणि स्मृति कप-२०२५’ भलिबल प्रतियोगिता सुरु भएको छ ।
पूर्व क्याम्पस प्रमुख स्वर्गीय शारदामणि खड्काको सम्झनामा सिन्धुली बहुमुखी क्याम्पसले आयोजना गरेको ‘शारदामणि स्मृति कप-२०२५’ ( SMC Winter Week -2025) कमलामाई नगरपालिकाका मेयर तथा क्याम्पस व्यवस्थापन समिति अध्यक्ष उपेन्द्र कुमार पोख्रेलले आइतबार एक कार्यक्रम बिच उद्घाटन गरेका छन् ।
सिन्धुली बहुमुखी क्याम्पस लामो समय अध्यापन गराएका पूर्व क्याम्पस प्रमुख समेत रहेका शारदामणि खड्काको क्यान्सरबाट २०८० माघ १६, मङ्गलवार निधन भएको थियो । उनकै सम्झनामा सिन्धुली बहुमुखी क्याम्पसले यस वर्षबाट ‘शारदामणि स्मृति कप-२०२५’ भलिबल प्रतियोगिताको सुरुवात गरेको क्याम्पस प्रमुख भानुभक्त गुरुङले जानकारी दिए । क्याम्पस प्रमुख गुरुङका अनुसार एकेडेमीक र नन एकेडेमीक खेलहरू सञ्चालन गरिने छ । माध्यमिक विद्यालय स्तरीय भलिबल प्रतियोगितामा आयोजक सिन्धुली बहुमुखी क्याम्पस सहित १३ विद्यालयले प्रतिस्पर्धा गर्ने छन् ।
त्यस्तै ‘शारदामणि स्मृति कप-२०२५’ खुल्ला भलिबल प्रतियोगिताका खेलहरू सोमबार बिहानबाट सञ्चालन हुनेछन् । टेबल टेनिस र चेस लगायत इनडोर खेल समेत सञ्चालनमा हुने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।