निजामती कर्मचारी संगठन सिन्धुलीको अध्यक्षमा घिमिरे निर्वाचित

१३ माघ, सिन्धुली। नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीको अध्यक्षमा डिल्ली सौगात घिमिरे निर्वाचित भएका छन्। शनिबार जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा भएको १२ औँ जिल्ला अधिवेशनबाट घिमिरेको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।

कार्यसमितिको खुल्ला उपाध्यक्षमा वेदराज काफ्ले र महिला उपाध्यक्षमा कोपीला अस्थानी मगर, सचिवमा सरोज फुयाँल, सहसचिवमा जीतबहादुर खबी र कोषाध्यक्षमा चन्द्रबहादुर मगर निर्विरोध निर्वाचित भएका छन् । यसैगरी संगठनको सदस्यमा राजेश फुयाँल, अनिता मगर, सुमित्रा चौहान, ज्ञान बहादुर मगर, हरि कुमार श्रेष्ठ,  भुवन ठाडामगर, भीम श्रेष्ठ, राजु शाह,  ईन्द्र दुलाल, क्षितिज अधिकारी,  मीन प्रसाद प्याकुरेल, भीम बहादुर थापा निर्वाचित भएका छन् ।

अधिवेशनले केन्द्रीय प्रतिनिधिमा पदम बहादुर मगर र बविन्द्रलाल माझीलाई छनौट गरेको छ । त्यसैगरी लेखा परीक्षण आयोगको संयोजकमा बीर बहादुर सुनुवार निर्वाचित भएका छन् भने सदस्यमा सन्तोष बराल रहेका छन् ।

संगठनका निवर्तमान अध्यक्ष पदम बहादुर मगरको अध्यक्षतामा भएको १२औं अधिवेशनको उद्घाटन सत्रमा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सचिव  सूर्य कुँवरको प्रमुख आतिथ्यता रहेको थियो।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर